शुक्रबार, ०८ जेठ २०८३
नेपाली

आर्थिक खबर

Main News Image

आज १०.५३ अंकले घट्यो नेप्से, ४ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०.५३ अंकले घटेर २६२२.८८ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३७ कम्पनीको १ करोड ३७ हजार ३०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७७ करोड ४७ लाखको सेयर कारोबार भएको छ । आज  ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज एसवाई प्यानलको सर्वाधिक २३ करोड २ लाख रुपैयाँ को कारोबार भएको छ । दोस्रोमा मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँ र तेस्रोमा शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन एसवाई प्यानलका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले  कमाएका छन् ।  यस्तै, ग्लोबल आईएमई समुन्नत योजना–२ का लगानीकर्ताले ९.९४ प्रतिशतका दरले कमाएका छन् । वीन नेपाल लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतका दरले गुमाएका छन् ।


हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, चाँदीको भने नयाँ रेकर्ड

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन आज तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज स...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर...

नेप्सेमा ४७.५५ अंकको वृद्धि, हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२८ कम्पनीको १ करोड ३४ लाख ६८ हजा...

सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, आज कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अ...

अमेरिकी डलरको मूल्य बढ्यो !

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य पुनः ब...

साठी प्रतिशतले बढ्यो अलैँचीको निर्यात

भद्रपुर । चालु आर्थिक वर्ष २०८२–०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उ...