आर्थिक खबर
अमेरिकी डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र युरोको घट्यो !
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको विनिमयदर बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित केही मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ ।
आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा थियो । यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा थियो । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा थियो । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ८९ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४७२ रुपैयाँ ६९ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ र बिक्रीदर ३८३ रुपैयाँ ६० पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ४५ पैसा थियो । यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
ताजा समाचार
आज सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ९९ करोडको कारोबार
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४.९० अंकले बढेर २६३९.९१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजा...
आजदेखि सोलु हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला
काठमाडौँ । सोलु हाइड्रोपावरले आज पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रत...
सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै, चाँदी पनि हालसम्मकै उच्च
काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । आज सुनको मूल्य १ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल स...
मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ...
जनउत्थान लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
यही पुस...
हिमालनय बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल ७३ हजार ६९.६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । ...


