कोहलपुरको योयो प्लाइउड उद्योग बन्द, ६ सय बढी मजदुर बेरोजगार
बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि पछिल्लो तीन महिनादेखि बन्द हुँदा त्यहाँ कार्यरत छ सयभन्दा बढी मजदुरहरू रोजगारविहीन हुन पुगेका छन् । ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको नाममा भएको आन्दोलनका कारण देखाउँदै व्यवस्थापनले उद्योग बन्द गरेपछि मजदुरको रोजगारी खोसिएको हो । रोजगारी गुमेपछि मजदुरहरू अहिले मजदुर सङ्गठनभन्दा पनि रोजगारीको सुनिश्चितताको माग गर्दै नेपालगञ्जस्थित श्रम कार्यालयमा धाउन थालेका छन् ।
उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई खेमामा विभाजित भएका छन् । कोहलपुर–१५ निवासी मजदुर शोभाराम यादवले ट्रेड युनियनका नाममा भएको आन्दोलनले रोजगारी गुमेकोमा चिन्ता व्यक्त गरे । कतिपय मजदुरहरूले भने आफूहरूको सहमतिबिना, उद्योगमा कार्यरत नै नरहेका व्यक्तिको फर्जी नाम राखेर ट्रेड युनियन गठन गरिएको भन्दै त्यसको खारेजीको माग गर्दै श्रम कार्यालयमा निवेदन दिएका छन् । खारेजीको माग गर्ने मजदुरहरूलाई ट्रेड युनियनका नेताहरूले डरत्रास र धम्की दिने गरेको यादवले बताए ।
कोहलपुर–६ निवासी मजदुर गीता थारुले अहिले आफूहरूलाई सङ्गठनभन्दा पनि रोजगारीको खाँचो रहेको बताए । सङ्गठनको आन्दोलनका कारण आफ्नो दुई महिनादेखि जागिर गुमेको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
डलर र कुवेती दिनार बलियो बन्दा अरू मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १...
आजको विदेशी मुद्राको विनिमयदर : डलर, युरो र पाउण्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दररेट अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा कायम भएको...
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
काठमाण्डौँ । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभए...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैया...
नेप्सेमा दोहोरो अंकको गिरावट, होटल र पर्यटन बाहेक सबै उपसमूह घटे
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार पनि धितोपत्र बजारमा गिरावट आएको छ । अघिल्लो दिन सोमबार घटेर बन्द भएको नेप्से परिसूचकले यस दिन पनि सोही लयलाई निरन्तरता दिँदै १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्ड...
स्नो रिभर्सले वैशाख २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौँ । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणमा जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी प...



