विश्व दूरसञ्चार तथा सूचना समाज दिवस आज, डिजिटल विभाजन कम गर्ने लक्ष्य
काठमाडौँ । इन्टरनेट तथा सूचना–सञ्चार प्रविधि आइसिटीको माध्यमबाट समाज र अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने तथा डिजिटल असमानता घटाउने उद्देश्यका साथ आज मे १७ मा विश्वभर ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’ विविध कार्यक्रम गरी मनाइँदैछ ।
यस दिवसको मुख्य जोड ‘डिजिटल विभाजन’ लाई कम गर्नु रहेको छ । डिजिटल विभाजन भन्नाले आधुनिक सूचना प्रविधि जस्तै इन्टरनेट, कम्प्युटर, स्मार्टफोनमा सहज पहुँच भएका र यसबाट वञ्चित रहेका व्यक्ति, समुदाय वा क्षेत्रबीचको असमानतालाई बुझाउँछ ।
विशेषगरी सहरी क्षेत्रका नागरिकले सहजै इन्टरनेट र अनलाइन सेवा उपभोग गरिरहँदा दुर्गम गाउँका मानिसहरू प्रविधिको प्रयोग, डिजिटल शिक्षा र अवसरबाट टाढा रहनु नै डिजिटल विभाजन हो, जसलाई न्यूनीकरण गर्न यो दिवसले पैरवी गर्दछ ।
एक्सप्रेस
सम्बन्धित खबर
उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेकाले स्थानीयवा...
अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने
काठमाडौँ । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ । आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भए...
पाल्पामा रोकेर यात्रु ओराल्ने क्रममा जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु
पाल्पा । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ । स्थानीयका अनुसार झ...
अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्यु
काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमारी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । परिवारका अनुसार उनी ३ दिन अघि मात्र नेपालबाट अस्ट्रेलिया पुगेक...
मोटरसाइकल दुर्घटना : ३१ वर्षीय युवक र पछाडि सवार महिलाको पनि मृत्यु
काठमाण्डौँ । मोरङको बुढिगंगामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वास्तिक जुट मिल अगाडि प्रदेश १–०२–०४९ प ९२२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक र पछ...
कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । साथै, कोशी र गण्डकी प्रदेशको उच्चपहाडी तथा हिमाली भूभागका एक दुई...



