विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान
काठमाडौँ । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व मातृ पृथ्वी दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमाका साथ मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००९ देखि प्रत्येक वर्ष अप्रिल २२ मा यो दिवस मनाउन प्रारम्भ भएको हो ।
यो दिवसले पृथ्वीको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न सामूहिक प्रयास आवश्यक भएको सन्देश दिएको छ । महासागरहरू प्लास्टिकजन्य फोहरले भरिँदै गएका छन् र तीव्र रूपमा अम्लीय बन्दै गइरहेका छन् । अत्यधिक तापक्रम, डढेलो र बाढीपहिरोका घटनाले लाखौँ मानिस प्रभावित भएका छन्।
संयुक्त राष्ट्रसंघका अनुसार विश्वभर हरेक वर्ष करिब एक करोड हेक्टर वन क्षेत्र नष्ट भइरहेको छ । वातावरणविज्ञहरूका अनुसार स्वस्थ पारिस्थितिक प्रणालीले मानिसलाई रोगबाट जोगाउन सहयोग गर्छभने जैविक विविधताले रोग उत्पन्न गर्ने सूक्ष्म जीवहरूको तीव्र फैलावट नियन्त्रण गर्छ। हाल करिब १० लाख वनस्पति तथा जनावरका प्रजाति लोप हुने जोखिममा रहेको अनुमान गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
उपभोक्ता अदालत महिनौँदेखि नेतृत्वविहीन, उपभोक्ता मर्कामा
काठमाडौँ । आम उपभोक्तालाई न्याय दिने उद्देश्यले गएको चैतमा स्थापना गरिएको उपभोक्ता अदालत छ महिनादेखि नेतृत्वविहीन छ । अदालतको नेतृत्व नै नरहँदा न्याय सम्पादन प्रभावित भएको छ ।
बजार भाउ नियन्त्रण गर्ने, उपभोक्ता ठगी रोक्न र अन्यायमा परेका उपभ...
विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्ने निर्णय गरेको छ । पञ्चाङ्गकारहरूको संयुक्त बैठकले विविध प्राविधिक कारणले पञ्चाङ्ग रूजु र छलफ...
इरानमा पक्राउ परेका नेपाली अमृत झा सकुशल
काठमाडौँ । परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा सकुशल रहेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झालाई हाल इरानको कारागारमा राखेर मुद्दा चलिरहेको जानकारी दिए । उनका अनुसा...
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिक २ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना...
शिवरात्रिमा बाग्मती भरिँदै : ४०० लिटर प्रतिसेकेन्ड पानी छाडियो
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउन धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नानमा सहजता दिलाउने र नदीको सौन्दर्यता अभिवृद्धि गर्ने उद्देश्यले पानी प्रवाह सुरु गरिएको हो ।
अधिकार सम्पन्न बाग...
आज महा शिवरात्री : पशुपतिका चारै ढोका खुला, दर्शनका लागि तीनवटा लाइन
काठमाण्डौँ । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस...



