शुक्रबार, ०१ साउन २०८३
नेपाली

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

Main News Image

काठमाडौँ । विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ। मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसंघले प्रोत्साहन गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए। मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो। स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् ।

उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै

जनकपुर । मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाइटिकाको एक दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवानलाई चढाउने गरि...

यी हुन् सधैँ जाम हुने दाउन्नेका वैकल्पिक मार्गहरु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ। नारायणघाट–बुटवल सडक विस्तार गर्नुका साथै उक्त खण्डमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले एक...

मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित

काठमाडौँ । हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात परिरहेको छ। हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्...

नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन

काठमाडौँ । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक महिने अवधिमा सो संख्याका विदेशीहरूलाई देशबाट निकालिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् । आफ्नो...

यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता

रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...

इजरायलसँगको श्रम सम्झौता स्वीकृत

काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार...