शनिबार, २० भदौ २०८३
नेपाली

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

Main News Image

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो । 

शनिबार भएको खेलम टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले अर्धशतक बनाउनुभयो । शेखले ४२ बलको सामना गर्दै नटआउट ६६ रन बनाउनुभएको हो । सन्दीप जोराले २६ बलमा ३१ रन जोड्नुभयो भने आशिफ शेखले २५, गुल्सन झा २३ रनमा आउट हुँदा लोकेश बमले १५ र बसिर अहमेदले ९ रन थप्नुभयो । पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको हो ।

अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी ३ मा संयुक्त अरव इमिरेट्स युएई र फेब्रुअरी ५ तारिख क्यानडासँग ‘वार्म अप’ खेल खेल्ने छ । भारत र श्रीलंकामा हुने विश्वकपको सुरुवात नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै सुरु गर्ने छ ।  विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन् । 

mediabaaji add

सम्बन्धित खबर

टी-२० विश्वकप : भारतसँग खेल्न पाकिस्तान तयार, बहिष्कारको निर्णय फिर्ता

काठमाडौँ । आगामी फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा हुने आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा पाकिस्तानले भारतको सामना गर्ने निश्चित भएको छ । यसअघि भारतसँगको खेल बहिष्कार गर्ने अडान राखेको पाकिस्तानले अन्तर्राष्ट्रिय समुदाय र क्रिकेट जग...

आइसीसी टी-२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको छ । सोमबार भारत मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पक्ष्याएको नेपाल ४ रनले पराजित भएको हो ।

...

यी हुन् भारत र श्रीलंकामा आयोजना हुने टी-२० विश्वकप २०२६ खेल्ने २० टिम

काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने सबै २० टिमको टुङ्गो लागेको छ । ओमानमा भइरहेको आईसीसी टी२० विश्वकप एसिया-इएपी छनोटबाट नेपाल, ओमान र युएईले विश्वकपमा स्थान बनाएपछि सबै २० टोलीको निर्णय भएको हो...

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग आईपीएल २०२६ को उपाधि जितेको छ । आइतबार राति भएको फाइनल भिडन्तमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै बेंगलुरुले उपाधि रक्षा गरेको हो ।

नेपाल विश्वकप छनोटको होडबाट बाहिरियो

काठमाडौँ । नेपाल आईसीसी महिला टी २० विश्वकप छनोट क्रिकेटबाट बाहिरिएको छ । लिग चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग बिर्सनयोग्य ब्याटिङ गरेसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । 

कोलकातामाथि गुजरात टाइटन्सको ५ विकेटले शानदार जित

काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२६ अन्तर्गत गएराति सम्पन्न खेलमा कप्तान शुबमन गिलको उत्कृष्ट र विष्फोटक ब्याटिङको मद्दतले गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा भएको निकै रोमाञ्चक प्...