विश्वकप २०२६ : इराकमाथि सेनेगलको ५–० को फराकिलो जित
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५,० गोलको फराकिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगलले प्रतियोगिताको नकआउट चरणमा पुग्ने आफ्नो गणितीय सम्भावनालाई कायमै राखेको हो ।
खेलको सुरुवाती समयदेखि नै दबाब बनाएको सेनेगलका लागि पापे गुएले दुई गोल गरे भने हबिब डियारा, इस्माइला सार, र इलमान न्डियाएले एक(एक गोलको योगदान दिए । खेलको १३औँ मिनेटमा इराकका डिफेन्डर रेबिन सुलाकाले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि इराक १० खेलाडीमा सीमित भएको थियो, जसको फाइदा सेनेगलले भरपूर उठायो ।
सेनेगलले खेलको चौथो मिनेटमै हबिब डियाराको उत्कृष्ट गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफमा १० खेलाडीमा समेटिएको इराकले रक्षात्मक खेल खेल्दै थप गोल हुन नदिएपछि पहिलो हाफ १,० मा सकिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
टी-२० विश्वकप छनोट : उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दै
काठमाडौँ । टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि आज नेपाल सामोआसँग भिड्दैछ । शुक्रबार ओमानमा जारी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटको उपाधिका लागि अपराह्न सवा ४ बजे नेपाल र सामोआबीच खेल हुन लागेको हो । दुवै टिमले प्रत...
निरुताले थाइल्यान्ड क्विन्सविरुद्ध नखेल्ने
पोखरा । विभागीय टोली एपीएफ क्लबकी स्पाइकर निरुता ठगुन्नाले छैटौं टाइगर कपअन्तर्गत थाइल्यान्ड क्विन्सवविरुद्धको खेल गुमाउने भएकी छन् । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार एपीएफले तेस्रो स्थानका लागि थाइल्यान्ड क्विन्सलाई चुनौती प्रस...
पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा
काठमाण्डौँ । पाराग्वेलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को क्वार्टफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको फिलाडेल्फिया स्टेडियममा सम्पन्न राउन्ड अफ १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
कप्ता...
काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिए...
पूजा महतोको धैर्यपूर्ण अर्धशतकले नेपाललाई जितको बाटोमा फर्कायो
काठमाडौँ । पूजा महतोको अविजित अर्धशतकीय इनिङ्सको मद्दतमा नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफूलाई जीवित र...
टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।
यसअघि नेपालले मुम्बईमा एमसीए प...



