बुधबार, ३१ असार २०८३
नेपाली

क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ

Main News Image

काठमाडौँ । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीता भण्डारी रहेकी छन् ।

पक्राउ परेकी भण्डारीले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २७ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन भएको पाइएको छ। रकम ठगीमा परेका पीडितहरूबाट उजूरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक राजगार विभागमा पठाइएको छ ।


mediabaaji add

सम्बन्धित खबर

अज्ञात समूहको आक्रमणबाट आमा-छोराको घटनास्थलमै मृत्यु, बाबु-छोरी गम्भीर

काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा छोराको हत्या भएको छ । बुधबार बिहान समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहर...

सीमावर्ती क्षेत्रमा निर्वाचन सुरक्षा कडाइ : अवैध कारोबार नियन्त्रणमा वृद्धि

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रौतहटको सीमा नाकामा कडाइ गरिएको छ। निर्वाचनको मिति नजिकिदै गर्दा स्थानीय बासिन्दाका अनुसार, भारतीय भूमिबाट रौतहटतर्फ अवैध रूपमा हातहतियार, गोली, बारुद, पटक...

जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ

काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...

थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...

इन्स्पेक्टर वाङ्गेल लामा उत्कृष्ट प्रहरी घोषित

काठमाडौँ । प्रहरी निरीक्षक इन्स्पेक्टर वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको इन्टेलिजेन्स शाखामा कार्यरत लामा परिसर काठमाडौंको उत्कृष्ट प्रहरी घोषित भएका हुन् । परिसरका एसएसपी रमेश थापाले लामालाई...

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

काठमाडौँ । मौन अवधिमा पैसासहित सिरहा क्षेत्र नम्बर ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् । प्रहरीका अनुसार नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २०२००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति साढे १२ बजे...