श्रम मन्त्रालयसँग सहमतिपछि म्यानपावरहरूको आन्दोलन फिर्ता
काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउन २२ गतेदेखि वैदेशिक रोजगार क्षेत्रका विभिन्न विषयलाई लिएर सञ्चालन गर्दै आएको आन्दोलन तथा दबाबमूलक कार्यक्रम अन्त्य गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज भएको छलफलपछि संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
मन्त्रालयका मन्त्री तथा सचिवको सहभागितामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहकारसहितका पदाधिकारीसँग छलफल भएको मन्त्रालयले जनाएको छ ।
छलफलमा संघले उठाएका विभिन्न १५ बुँदे मागका सम्बन्धमा विस्तृत छलफल भएको थियो। संघले राखेका अधिकांश माग नीतिगत सम्बोधनसँग सम्बन्धित रहेको भन्दै ती मागलाई वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समावेश गरिने मन्त्रालयले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत्
काठमाडौँ । वित्तीय कारबाही कार्यदल एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल यथावत् रहेको छ । फ्रान्सको पेरिसमा सम्पन्न एफएटीएफको पूर्ण बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एएमएलरसीएफटी सम्बन्धी रणनीतिक कमजोरी अझै...
धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वनजंगलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका...
आगलागीबाट एक महिनामा आठको मृत्यु
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा आगलागीजन्य विपद्का घटना हुन नदिन आवश्यक पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसम्बन्धी कार्यमा समन्वय र सहजीकरण गर्न तीनै तहका सरकारसँग अ...
विवाहपञ्चमी महोत्सव : राम सीताको विवाह सम्पन्न, आज रामकलेवा
जनकपुर । सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सवको छैठौं दिन मंगलबार माता सीताको स्वयमवरका साथै शुभ विवाह सम्पन्न भएको छ । मंगलबार अबेर रातीसम्म जनकपुरधामको ऐतिहासीक जानकी मन्दिर प्राङ्गनमा लाखौं श्रद्धालुभक्तजनक...
देवानगन्ज तनावको असर विराटनगरमा, बजार-विद्यालय बन्द, राजमार्गमा प्रदर्शनजारी
विराटनगर । सुनसरीको देवानगन्ज–कप्तानगन्जमा उत्पन्न तनावको प्रभाव कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुगेको छ। त्रासका कारण मंगलबार बिहानैदेखि विराटनगरका मुख्य बजार क्षेत्र र अधिकांश विद्यालय बन्द भएका छन् । निजी विद्यालय सञ्चालकहरूले भने सोमबार...
काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ । यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ...



