काठमाडौँको जितसहित तालिकाको तेस्रो स्थानमा उक्लियो
काठमाडौँ । काठमाडौँ गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबार भएको बागमती डर्बीमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको छ । पाँच खेलपछि काठमाडौँले ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । विराटनगरसँग समान अंक भए पनि रनरेटमाबश काठमाडौँ पछि छ ।
काठमाडौँले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७।१ ओभरमै ८९ रनमा अलआउट भयो । चितवनका देव खनाल र रवि बोपाराले २१–२१ रन बनाएका थिए भने सोहेल तान्विरले १८ रन जोडे। अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । काठमाडौँका राशिद खानले १।२ ओभरमा ३ रन खर्चेर ३ विकेट लिए। कप्तान करण केसी, मिलिन्द कुमार र शाहब आलमले दुईरदुई विकेट हात पारे ।
यसअघि, कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ १९।४ ओभरमा अलआउट १४२ रनमा समेटिएको थियो ।
काठमाडौँका जोन सिम्पसनले २९ बलमा ६० रनको उत्कृष्ट पारी खेले । मिलिन्द कुमारले ४३ बलमा ३८ रन बनाए । दुवैले तेस्रो विकेटका लागि ९८ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । तर सिम्पसन १७औँ ओभरमा आउट भएपछि बाँकी ब्याटरले टिक्न नसक्दा काठमाडौँले १५ ओभरमा १०९र३ बाट थप ३३ रन जोड्दा ७ विकेट गुमायो । चितवनका सोहेल तान्विरले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । रञ्जित कुमार र कमलसिंह ऐरीले दुईरदुई तथा रवि बोपाराले एक विकेट लिए।
एक्सप्रेस
सम्बन्धित खबर
भलिबलको एउटै टिममा एकै घरका ४ सदस्य
काठमाण्डौँ । म्याग्दीको धवलागिरि गाउँपालिका ३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका चार जना सहभागी छन् । छ जना खेलाडी आवश्यक पर्ने भलिबल टिममा सबहादुर गोतामे र उनका तीन छोराहरू स्थायी सदस्य हुन्। बयालीस वर्षीय सबहादुरका २० वर्षीय नरेश, १९ वर्षीय न...
नर्वेसँग पराजित भएपछि नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तिम १६को खेलमा नर्वेसँग २,१ गोल अन्तरले पराजित भएसँगै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ। यस स्तब्धपूर्ण हारलगत्तै ब्राजिलका स्टार फरवार्ड नेयमारले भावुक बन्दै अन्तर्राष्ट्रिय फुटबलबाट आफ्नो सन्यासको...
एसियाली खेलकुद छनोट : समूह विजेता बन्ने लक्ष्यका साथ नेपालले आज मलेसियाको सामना गर्दै
काठमाडौँ । एसियाली खेलकुद क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । सिङ्गापुरमा आयोजना भइरहेको यस महत्त्वपूर्ण खेलमा नेपाली टोली मलेसियालाई पराजित गर्दै समूह विजेता बन्ने स्पष्ट लक्ष्यका साथ मैदान उत्रनेछ...
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...



