ऐतिहासिक जित निकाल्दै क्यानडा पहिलोपटक विश्वकपको अन्तिम १६ मा
काठमाडौँ । दक्षिण अफ्रिकामाथि रोमाञ्चक जित निकाल्दै क्यानडा जारी फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वार्टरफाइनल अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस रंगशालामा सोमबार भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले स्तब्ध पार्दै क्यानडाले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
क्यानडालाई ऐतिहासिक सफलता दिलाउन स्टेफेन युस्टाकियो नायक बने । खेलको दोस्रो हाफको अतिरिक्त समय ९इन्जुरी टाइम० मा उनले गरेको उत्कृष्ट गोल नै टोलीका लागि निर्णायक साबित भयो । नयाँ इतिहास विश्वकपमा तेस्रोपटक सहभागिता जनाइरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । यसअघिका संस्करणहरूमा क्यानडा समूह चरणबाटै बाहिरिने गरेको थियो।
यसअघि क्यानडा समूह ‘बी’ को उपविजेता र दक्षिण अफ्रिका समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरण राउन्ड अफ १६ मा आमनेसामने भएका थिए । जितसँगै क्यानडाले आफ्नो विश्वकप यात्रालाई थप रोमाञ्चक बनाएको छ भने दक्षिण अफ्रिका प्रतियोगिताबाट बाहिरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
एक्सनमा उत्रियो इजिप्ट, अर्जेन्टिना विरुद्धको खेलका रेफ्रीलाई विश्वकपबाट हटाउन माग !
काठमाण्डौँ । विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ आक्रामक रूपमा एक्सनमा उत्रिएको छ ।
मैदानभित्रको नतिजालाई भिडियो असिस्टेन्ट रेफ्री भीएआरको विवादास्पद निर्णयले उल्ट्याएको भन्दै...
एनपीएल दोस्रो संस्करणमा कर्णालीको पहिलो जित
काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग एनपिएलको छैटौं दिनको पहिलो खेल कर्णाली याक्सले ९ विकेटले जितेको छ । शनिबार भएको पहिलो खेलमा कर्णाली याक्सले १२.२ ओभरको समाप्तीमा १ विकेट गुमाउदै १६१ रन बनाएको हो । यसअघि ब्याटिङमा उ...
ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार
काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।
नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि के...
१६ वर्षपछि स्पेन विश्वकपको क्वाटरफाइनलमा, पोर्चुगल पराजित
काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक तथा निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले पोर्चुगललाई १(० ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस पराजयसँगै उपाधि दाबेदार मानिएको पोर्चुगलको विश्वकप यात्रा भने नकआउ...
मध्यपूर्वको तनावले स्थगित भयो नेपालमा हुने त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखला
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा...
टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
काठमाडौँ । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ । नेपाल र यूएईबीचको वार्म अप खेल साँझ सवा ५ बजेदेखि चेन्नईको एमए चिदाबरम स्टेडियममा सुरु हुनेछ ।
यसअघि नेपालले मुम्बईमा एमसीए प...



