हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने
काठमाडौँ । यही मंसिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए ।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु
गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको म...
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को...
यी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय रहेको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा बदली रहि बाँकी भू–भागमा मौस...
पोर्चुगलमा तनहुँका युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
काठमाण्डौँ । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् ।...
मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ । विभागका...
गुरुङ समुदायले आज तमु ल्होसार पर्व मनाउँदै
काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूप...



