शीतलहरबाट बालबालिका जोगाउन स्थानीय तहका विद्यालयमा जाडो बिदा
महोत्तरी । पुसको पहिलो सातादेखि नै सुरु भएको शीतलहरले महोत्तरीको जनजीवन प्रभावित पारेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्। पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आइतबार साँझ सूचना जारी गर्दै आजदेखि लागू हुने गरी बिदा दिएका हुन्।
मौसमको प्रतिकूलता हेरेर स्थानीय तहहरूले एक दिनदेखि पाँच दिनसम्मको बिदा घोषणा गरेका छन्। बर्दिबास नगरपालिकाले आज ९सोमबार० एक दिनका लागि बिदा दिएको छ भने मङ्गलबार ुतमु ल्होसारु को सार्वजनिक बिदा रहेको छ। मटिहानी लगायतका अन्य केही नगरपालिकाले भने शुक्रबारसम्मकै लागि विद्यालय बन्द गरेका छन्। यो बिदालाई पछि बर्खे बिदाबाट मिलान गरिने नगरपालिकाहरूले जनाएका छन्।
भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहका अनुसार स–साना बालबालिकाहरू चिसोका कारण विद्यालय आउनै छाडेपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिइएको हो। विगत एक सातादेखि जिल्लाभर बाक्लो हुस्सु लाग्ने र चिसो हावा चल्ने क्रम बढेको छ। चिसोका कारण विद्यालय मात्र नभई हाटबजारको चहलपहल र खेतीपातीका कामसमेत नराम्ररी प्रभावित भएका छन्।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ
काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।
बिदाइका लागि संस्थानले करिब...
वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज
काठमाडौँ । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज गरिएको छ । यसअघि परीक्षण शुल्क छ हजार ५०० बाट बढाएर नौ हजार ५०० पुर्याएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै...
बीपी उद्यान क्षेत्रमा चल्यो डोजर !
पर्सा । पर्साको वीरगञ्जस्थित बीपी उद्यान क्षेत्रमा रहेको अस्थायी संरचनाहरूमा महानगरपालिकाले डोजर चलाएको छ । वीरगञ्ज महानगरपालिकाले आइतबार बिहानै वीरगञ्जको घण्टाघर नजिक रहेको सो क्षेत्रमा डोजर प्रयोग गरी खाली गराउने कार...
सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम
काठमाडौँ । चालु आर्थिक वर्षमा १३ वटा चिनी मिलबाट ६८ हजार उखु किसानले पाउनुपर्ने कुल रु १३ अर्ब ७६ करोडमध्ये करिब ९२ प्रतिशत रकम मिलहरूले भुक्तानी गरिसकेको सरकारले जनाएको छ ।
वर्तमान सरकार गठन भएको १०० दिनका अवसरमा आज सरकारका प्रवक्ता ए...
त्रिविको जग्गा अतिक्रमणमा अख्तियारले थाल्यो छानबिन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय त्रिविको नाममा रहेको हजारौँ रोपनी जग्गा हिनामिना र अतिक्रमणको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक छानबिन थालेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शिक्षा म...
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेक...



