साढे दुई दशकदेखि सिन्सियरको ठगीधन्दा, बालेन सरकारले गर्ला बन्द ?
काठमाण्डौँ । २६ वर्षअघि सहकारी विभागमा सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी दर्ता भयो । त्यसपछि शुरु भयो–राजनीतिक खोल ओढेर ऋणी र बचतकर्तालाई ठग्ने, सुकुम्बासी बनाउने खेल । करोडको धितो लाखमै खाएर सिन्सियरले धेरैलाई सुकुम्बासी बनाएको छ ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारनजिकै अर्थात पुतलीसडकमा कार्यालय रहेको सिन्सियरको दर्ता मिति २०५७ मंसिर २९ गते हो । स्थापनाकालदेखि नै आफ्नो ठगीधन्दा चलाउँदै आएको सिन्सियर पुरानो राजनीतिक दलको आडमा जोगिँदै आएको थियो । तर, बालेन्द्र साह नेतृत्वको सरकारले पनि यसलाई कारबाही गर्लाजस्तो देखिन्न । सिन्सियरको विरोधमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागसम्म पटकपटक उजुरी परेको छ । तर, सिन्सियरमाथि किन छानबिन भएन ? यसले नै सिन्सियरको पहुँच कहाँसम्म छ ? भन्ने प्रष्ट हुन्छ । सिन्सियरले ठग्नका लागि अनेक उपाय अप्नाउने गर्छ ।
करोड मूल्य पर्ने घरजग्गा धितो राखेर ६० लाख रुपैयाँ ऋण दिन्छ । त्यसमा १० लाख त सिन्सियरका हर्ताकर्ताले घुस नै खाइदिन्छन् । २५ लाख पर्ने ट्याक्सी धितो राखेर सिन्सियरले १५ देखि १६ लाख कर्जा दिन्छ । २७ हजार त घुस नै खाइदिन्छ । धितोको बीमा गर्न लगाएर सिन्सियरले उताबाट पनि कमिशन खान्छ । आठ–१० वर्षका लागि ऋण दिएको भन्छ पहिला, तर वर्षैंपिच्छे ऋणको नविकरण गर्न लगाउँछ । ऋण लिँदा पनि एक प्रतिशत सेवाशुल्क तिर्नुपर्छ, ऋण चुक्ता गर्दापनि । ऋणको नविकरण फेरि अलग्गै छ । भन्ने बेलामा १४ देखि १६ प्रतिशत ब्याज भनिन्छ, लिने बेलामा ८० प्रतिशत ।
ऋणीले तिरेको किस्ता बचत खातामा लगेर हालिन्छ । ऋण दिने बेलैमा खाली नेपाली कागज र फोटोकपी पेपरमा ल्याप्चे र हस्ताक्षर गर्न लगाइन्छ । तीन किस्ता नतिर्ने बित्तिकै सिन्सियरले त्यसमा मञ्जुरीनामा लेख्छ र धितो आफ्नो नाममा ल्याउँछ । ऋणीलाई सोबारे जानकारी नै दिइँदैन ।
सिन्सियरको कारणले धेरै विस्थापित भए । करोडको धितो लाखमै गुमाए । करोडपतिलाई सिन्सियरले सडकपति बनाएको छ । सिन्सियरले सम्पत्ति लुटेर विस्थापित बनाएकाहरुको अहिले कुनै अत्तोपत्तो छैन । सहकारीको आडमा पर्दाभित्र बसेर अर्कै धन्दा चलाउँदै आएको सिन्सियरमा मारवाडी व्यापारी, सरकारी कर्मचारी, सुरक्षा संयन्त्रका उच्च पदस्थ, राजनीतिक दललगायतको पैसा छ ।
भ्रष्टाचार गरेर कमाएको, राजश्व छलेको पैसा थुपार्ने ठाउँ बनेको छ, सिन्सियर । माथिसम्म पहुँच भएकैले सिन्सियर अहिलेसम्म जोगिएको हो । सिन्सियरबाट ऋण खाने सबै ठगिएकै छन् । त्यहाँ एकचोटि कारोबार गरेको व्यक्ति अर्कोचोटि कारोबार गर्नै जाँदैन । एकचोटि कारोबार गर्दै सबै सम्पत्ति खाइदिहाल्छ, अर्कोचोटि कसरी कारोबार गर्नु ?
सिन्सियरबाट पीडामा परेकाहरु न्यायको ढोका ढक्ढकाउन जान सकेका छैनन् । किन कि, सिन्सियरले ऋण दिँदा नै कानुनमा आफू माथि पर्नेगरी दिएको छ । अर्कोतिर, सिन्सियर सँधै नयाँ–नयाँ ऋणीको खोजीमा हुन्छ । नयाँ ऋणी खोज्छ, फसाउने, आफू कमाउने । सिन्सियरको स्थापनाकालदेखि नै सञ्चालक समिति र कर्मचारीमा एउटै अनुहार छन् ।
अध्यक्षमा राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी निर्देशकमा राजेश खड्का र कर्जा अधिकृतमा मीरा कर्माचार्य छिन् । काठमाडौंकै भएपनि उनीहरुको पुर्ख्यौली सम्पत्ति खासै थिएन । राजेन्द्रभक्त इन्द्रचोकबाट हिँडेर पुतलीसडक आउँथे । राजेश कहिले साइकलमा त कहिले हिँडेर कार्यालय आउँथे ।
मीरा त महिनाको केही हजारमा अन्तै काम गर्थिन् । सिन्सियरमा आएपछि यिनीहरु मालामाल भएका छन् । यिनीहरुले अर्बौंको सम्पत्ति जोडेका छन् । साढे दुई दशकमै यत्रो सम्पत्ति कसरी कमाए ? ठगेर र अरुलाई बिल्लीबाठ बनाएर । अरुलाई रोडमा पुर्याएर यिनीहरु आफू महलमा बस्ने हैसियतमा पुगेका छन् । सरकारले सिन्सियरका हर्ताकर्ताको सम्पत्ति छानबिन गर्नुपर्छ, गल तगर्नेलाई कानुनको दायरामा ल्याउनुपर्छ । सम्पत्ति सिद्धिनेहरुचाँहि लुकिलुकि हिँड्दा सम्पत्ति खानेहरुचाँहि खुलेआम घुम्ने । यो पीडितमाथि अन्याय हो । पुराना सरकारले सिन्सियरलाई जोगाइराखेको भएतापनि बालेन सरकारबाट पीडितहरुलाई धेरै आश छ ।
यो सरकारले पनि सिन्सियरका पदाधिकारीलाई कारबाही गरेन भने पीडित सडकमा उत्रिन्छन् । यसले अप्ठेरो मोड ल्याउन सक्छ । सिन्सियरविरुद्ध २०७९ सालमै अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ । चैत ८ गते अख्तियारमा दर्ता भएको उजुरीको दर्ता नम्बर सी–०४८८०९ र सम्पत्ति शुद्धिकरणको ४४५५ रहेको छ । दुवै निकायमा उजुरी परेकोमा सिन्सियरको कालो कर्तुतको भण्डाफोर गरिएको छ । ऋणीलाई सिन्सियरले कसरी सकायो ? त्यहाँका हर्ताकर्ताले कसरी अंकुत सम्पत्ति जोडे ? उजुरीमा खुलस्त पारिएको छ । राजनीतिक दल र गुण्डागर्दीको आडमा सिन्सियरले ठगीधन्दा चलाएको जिकिर गर्दै उजुरीकर्ताले छानबिनको माग गरेका छन् ।
दोस्रोपटक २०८० साउन २८ गते अख्तियारमा अर्को उजुरी दर्ता भएको छ । सम्पत्ति छानबिनको माग गर्दै परेको उजुरीको दर्ता नम्बर सी–००८०६२ छ । उनीहरुले कर्जावालसँग घुस खाएर अंकुत सम्पत्ति जोडेको बताउँदै उजुरकर्ताले अरुलाई सडकको बासमा पुर्याएर मोटाएकाहरुलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । २०८१ कात्तिक २५ गते सिन्सियरविरुद्ध फेरि अर्को उजुरी दर्ता भएको छ । दर्ता नम्बर–०२७४८५ रहेको उजुरीमा सहकारीमा राजनीतिक दलका नेता, सरकारी कर्मचारी, व्यापारी, गुण्डालगायतले कालो धन लुकाएको उल्लेख छ । स्रोत नखुलेको रकम सहकारीमा रहेको उल्लेख गर्दै उजुरकर्ताले उक्त संस्थामा छानबिन गरेमा भ्रष्टाचार, राजश्व छलीका किस्साहरु सबै बाहिरिने बताएका छन् ।
सिन्सियरले एकातिर ऋणीलाई ठगिरहेको छ, अर्कोतिर राज्यलाई । साधारण सभामा दुई थरीको हिसाबकिताब बनाइन्छ । वास्तविक लुकाइन्छ, अर्को देखाइन्छ । तर, राज्यले अहिलेसम्म कारबाही गर्न सकेको छैन । कारण हो–उच्च पहुँच भएका बचतकर्ता । ठूल्ठूला व्यक्तिले त्यहाँ बचत गरेका छन् । राजनीतिक दलहरुको पैसा त्यहाँ छ । अनि कसले कारबाही गर्ने ? सिन्सियरका पदाधिकारीहरु देशमा सरकार फेरिएपिच्छे पार्टी फेर्छन् । जुन पार्टीको सरकार बन्यो, त्यहीँ पार्टीमा जान्छन् । यसरी यिनीहरु जोगिँदै आएका छन् । सिन्सियरले कहिल्यै राष्ट्रिय पत्रिकामा धितो लिलामीको सूचना निकाल्दैन । मुलुकको कानुनले धितो लिलाम गर्नुअघि राष्ट्रिय पत्रिकामा सूचना जारी गरेर जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । तर, सिन्सियरले सूचना ननिकालिकन सम्पत्ति पचाइदिन्छ । बालेन सरकारले सहकारीको खोल ओढेर हजारौंलाई सुकुम्बासी बनाउने, सम्पत्ति खाइदिनेलाई कारबाही गरोस् ।
सिन्सियरमाथि बचतकर्ताको खाताको पैसा चोरी गरेकोलगायतको आरोप पनि छ । सरकारले यो पनि छानबिन गरोस् । सिन्सियरको सबै कर्जा लगानी ट्याक्सी, घरजग्गा र सेयरमा छ । कानुनले विलासित वस्तुमा राखेकोमा सिन्सियरले लगानी गरिरहेको छन् । सिन्सियरले कानुनको धज्जी उडाइरहेको छ । सिन्सियरविरुद्ध पीडितले बोल्ने आँट गर्दैनन्, राज्यले उजुरी पर्दापनि कारबाही गर्दैन । अनि पीडितले कसरी न्याय पाउने ? सहकारी मन्त्रालयले केही समयअघि एउटै सहकारीमा बचतकर्ताको ४५ करोडसम्म भेटिएको बताएको थियो । यो सहकारीमा पनि ठूलो ठूलो पैसा छ । अख्तियार र सम्पत्ति शुद्धिकरणले छानबिन गर्ने हो भने ककसले भ्रष्टाचार गरेर यहाँ राखेको छ, खुलिहाल्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
एमालेलाई ठीक ढङ्गले चलाउन मेरो उम्मेदवारी : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीलाई ठीक ढङ्गले चलाउन अध्यक्ष पदमा दाबी गरेको बताएका छन् । महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले आफ्नो उम्मेदवारीको कारण खुलाउँदै भने, ‘म...
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ । सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका...
रवि लामिछानेको मुद्दा सुनुवाइ गर्दा न्यायाधीशविरुद्ध उजुरी
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलविरुद्ध उजुरी परेको छ । न्यायाधीशको आचारसंहिता विपरीत रिटको सुनवाई गरेको भन्दै पोखरेलविरुद्ध न्यायपरिषद्मा उजुरी गरिएको हो । हिजो पोखरेलले राष्ट्रिय स्वतन्त्र पा...
गुलाफको फूल चुनाव चिह्न लिएर विप्लवले दर्ता गरे नेकपा माओवादी
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले आगामी फागुन २१ गतेको चुनावमा भाग लिने भएको छ । विप्लव नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । मंगलबार निर्वाचन आयोगमा दर्ता भएको स...
६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगाम...
काम नगर्ने ठेक्का स्वीकार्य छैन : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत, शहरी तथा भौतिक मन्त्री कुलमान घिसिङले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । बुधबार सय दिनको कार्य प्रगति सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । निर्माणाधीन आयोजनालाई गति दिन पहल र स...


