बुधबार, १७ असार २०८३
नेपाली

जंगली बँदेलका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको मृत्यु

Main News Image

गुल्मी । गुल्मीमा जंगली बँदेल नियन्त्रणका लागि श्रीमानले थापेको विद्युतीय धरापमा परेर श्रीमतीको दुःखद मृत्यु भएको छ । बाली जोगाउन राखिएको करेन्टमा परेर धुर्कोट गाउँपालिका(५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीकी ६० वर्षीया श्रीमती हुमकला भण्डारीको मृत्यु भएको हो । भण्डारी दम्पत्तीका दुई छोरा र एक बुहारी रोजगारीको सिलसिलामा दुबईमा रहेका तथा छोरीको विवाह भइसकेकाले घरमा उनीहरू दुई जना मात्र बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार भेषराज भण्डारीले घरदेखि करिब १५० मिटर टाढा रहेको बारीमा मंगलबार साँझ बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी बँदेल नियन्त्रणका लागि विद्युतीय धराप थापेका थिए।

प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० वीरेन्द्र वीर विश्वकर्माका अनुसार मध्यराति करिब १स्३० बजे हुमकला उक्त धरापमा परेकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट श्रीमानले विद्युतीय धराप थापेको विषय हुमकलालाई जानकारी भए पनि मध्यरातमा बँदेल पर्‍यो कि भन्ने आशंकामा उनी एक्लै बारीतर्फ गएको र सोही क्रममा गल्तीवश विद्युतीय धराप छुँदा करेन्ट लागेको खुलेको छ।

धुरापमा परेर हुमकला चिच्याएपछि छिमेकीले थाहा पाएर प्रहरीको १०० नम्बरमा खबर गरेका थिए। धुर्कोट गाउँपालिका वडा नं। ५ का अध्यक्ष केशवराज भण्डारीका अनुसार श्रीमती धरापमा परेको र छिमेकीले प्रहरीलाई खबर गरेको धेरै समयपछि मात्र श्रीमान भेषराजले घटनाबारे जानकारी पाएका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएकी हुमकलालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको भए पनि चिकित्सकले बिहान ३स्२५ बजे उनलाई मृत घोषणा गरेका थिए।

mediabaaji add

सम्बन्धित खबर

चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा । रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । २०७२ साल वैशाख १२ को विनासकारी भूकम्पले आमाछोद...

यस्तो छ आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम

काठमाडौँ । काठमाडौं उपत्यका चिसो बढ्दै गइरहेको छ । तर, आज बिहान हिजोको तुलनामा थोरै तापक्रम बढी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्...

रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या आठ पुग्यो

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिक २ स्यालाखदी जाँदै गर्दा रा १ ज ४२२ नम्बरको जिप दुर्घटना...

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षत...

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौँ । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने...

बुधबार काठमाडौंमा पानी पर्ने, तीन दिनको मौसम यस्तो छ

काठमाडौँ । देशका केही भूभागमा आज हिमपात र वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा दिउँसो सामान्यतया मौसम सफा रहे पनि राति भने केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउ...