आइतबार, ०३ साउन २०८३
नेपाली

निर्वाचन आयोगको कार्यतालिका दलहरूले किन गरे अस्वीकार ?

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्यो । छलफलका क्रममा आयोगले निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको थियो । जसअनुसार उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरिएको थियो । तर दलहरूले भने यसमा सहमति जनाएनन्।

राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्‍याएका थिए। ‘प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ’ आयोग स्रोतले भन्यो। आयोगले प्रचारप्रसारका लागि १५ दिनको समय दिने प्रस्ताव पनि गरेको थियो। त्यस्तै समानुपातिकतर्फको उम्मेदवारी बन्दसूची पेस गर्ने मिति भने पुस १८ र १९ गते तय भइसकेको छ। यसको पनि मिति हेरफेर गर्ने प्रस्ताव दलहरूले गरेका छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ।

mediabaaji add

सम्बन्धित खबर

मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेल...

निर्वाचन सुरक्षाका लागि एआइजी परिचालन

काठमाडौँ । निर्वाचन सुरक्षालाई व्यवस्थित सुरक्षित बनाउन नेपाल प्रहरीले प्रदेशमा एआइजीहलाई अनुगमनका लागि खटाएको छ । निर्वाचन सुरक्षाको संवेदनशीलतालाई दृष्टिगत गर्दै एआईजीहरूलाई प्रदेशको अनुगमनका निम्ति खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैग...

एमाले बैठकमा देउवाको चर्चा, ओलीको आलोचना

काठमाडौँ । नेकपा एमालेको मंगलबारदेखि केन्द्रीय समिति बैठक जारी छ । बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए ।उक्त प्रस्तावमाथि केन्द...

रविले वारेसबाट दर्ता गराए उम्मेदवारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । सहकारी सम्बन्धी मुद्दाका लागि उनी वीरगञ्ज पुगेका थिए । त्यसक्रममा उपस्थित हुन नभ्याउने भएपछि रविले वारेसमार्फत उम्...

प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल स...

उच्च पदस्थ व्यक्तिको धमाधम बयान लिँदै आयोग,आज आइजिपी कार्कीको पालो

काठमाडौँ । जेनजी विद्रोहको जाँचबुझ गर्न गठित आयोगले उच्च पदस्थ व्यक्तिहरुलाई बयानका लागि बोलाउन थालेको छ । आयोगको म्याद सकिन लाग्दा उच्च पदस्थ व्यक्तिहरुलाई बयानमा बोलाउन थालेको हो। भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न...