निर्वाचन आयोगको कार्यतालिका दलहरूले किन गरे अस्वीकार ?
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि बिहीबार राजनीतिक दलहरूसँग छलफल गर्यो । छलफलका क्रममा आयोगले निर्वाचनको कार्यतालिकासमेत प्रस्ताव गरेको थियो । जसअनुसार उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरिएको थियो । तर दलहरूले भने यसमा सहमति जनाएनन्।
राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्याएका थिए। ‘प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ’ आयोग स्रोतले भन्यो। आयोगले प्रचारप्रसारका लागि १५ दिनको समय दिने प्रस्ताव पनि गरेको थियो। त्यस्तै समानुपातिकतर्फको उम्मेदवारी बन्दसूची पेस गर्ने मिति भने पुस १८ र १९ गते तय भइसकेको छ। यसको पनि मिति हेरफेर गर्ने प्रस्ताव दलहरूले गरेका छन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको तयारी
काठमाडौँ । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने पहल थालेको छ । हाल परराष्ट्र मन्त्रालयका अधिकारीहरुमध्येबाट र सत्तारुढ दलहरुको सिफारिसको आधारबाट राजदूत नियुक्ति हुँदै आएको छ । तर, वर्तमान सरकारले विगतको परम्परा तोड्द...
मधेशका प्रदेश प्रमुख लाभले गरे पदभार ग्रहण
काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन् । बिहीबार जनकपुरस्थीत प्रदेश प्रमुखको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । त्यसअघि कार्यालयमा पुग्दा नेपाली सेनाले सला...
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा. वाग्ले
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले रास्वपाले पाएको ४८ प्रतिशत भोट असाध्यै गरुङ्गो वैधता भएको भन्दै त्यसलाई सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने बताएका छन् । मंगलबार ललितपुरमा आयोजित रास्वपाका सांसदहरुको अभिमुखीकरण का...
शनिबार पनि मतदाता नामावली दर्ता जारी
काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली सङ्कलन सुरु भएपछि नयाँ मतदाताको सङ्ख्या उत्साहजनक रूपमा वृद्धि हुन थालेको छ । सम्बन्धित निर्वाचन कार्यालयमा नामावली दर्ता गराउँदै आएको आयोगले चाप व्यवस्थापन...
कांग्रेसले निर्वाचन आयोगमा बुझायो विशेष महाधिवेशन नगरेको पत्र
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा विशेष महाधिवेशन नगरेको निवेदन दर्ता गराएको छ । कांग्रेसको सभापति शेरबहादुर देउवापक्षले निर्वाचन आयोगमा पुगेर निवेदन दर्ता गराएको हो । आज बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगनकुमार थ...
प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ। आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्...



