रवि–बालेन सहमतिबाट किन बाहिरिए कुलमान ?
काठमाडौँ । शनिबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र ऊर्जामन्त्री कुलमान घिसिङबीच आगामी निर्वाचनमा मिलेर जाने सम्भावना खोज्न छलफल सुरु भयो । छलफलमा प्रवेश गरे, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने । छलफल सुरुमा बालेन र कुलमानबीच थियो । रवि पनि थपिएपछि त्रिपक्षीय भयो । आइतबार बिहान उज्यालो हुँदा नहुँदै रवि र बालेनबीच सहमति भयो, कुलमान बाहिरिए । यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र देश विकास पार्टी अघि सारेका बालेनबीच पटक– पटक छलफल हुँदै आएको र सहमतिनजिक पुगेका समाचारसमेत आइरहेका थिए । कुलमान र रविबीच भने खासै छलफल भएको थिएन ।
तर, अन्ततः रवि र बालेनबीच सहमति भएको छ, कुलमान बाहिरिएका छन्। तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका हुन्। रातभरको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेर सार्वजनिक गरेका छन्। यसले रवि, बालेन र कुलमानको एउटै शक्ति बनाउने प्रयास असफल भएको छ।
दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी तथा सभापति लामिछाने नै रहने र आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ। तीन नेताबीच वृहत एकताको लागि गएराति बालुवाटारको एक घरमा लामो छलफल चलेको थियो। घिसिङ र बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेपछि तीन नेताबीच शक्ति बाँडफाँडमा कुराकानी चलेको थियो।
तर, छलफलमा पार्टीको नाम, चुनाव चिह्न, सभापति सबै रास्वपाबाट हुने, बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएपछि घिसिङ यो एकता प्रक्रियामा सहमत नभएका स्रोतले जनाएको छ। छलफलमा कुलमानले पार्टीको नाम र चुनाव चिह्न आफ्नो दलको स्वीकारे अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफूलाई नचाहिने बताएका थिए। तर, कुलमानको यो प्रस्तावमा रवि र बालेन सहमत नभएपछि कुलमान यो एकतामा सहभागी भएनन्।
एक्सप्रेस
सम्बन्धित खबर
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिध...
कोप-३० मा नेपालले ९ एजेण्डा प्रस्तुत गर्ने तयारी
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन कोप–३० को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख आगा...
बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा !
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो ।
हेटौंडाको सानोपोखरामा रहेको उनको...
मौन अवधि सुरु, केके गर्न पाइँदैन ?
काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म...
माघ १९ मा निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको आज शपथ
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते र...
सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै
काठमाडौँ । जेनजी मिराज ढुंगाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ । सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुंगाना समूहले ब...


