को हुन् जेनजी आन्दोलन भड्काउने टीओबी समूह ?
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन भड्काएको आरोप लागेका तिब्बतीयन ओरिजिनल ब्लड टीओबी समूह नेपाली बाइक राइडरहरूको समूह भएको खुलेको छ । उक्त समूहका एक जना दाबा लामाबाहेक सबै नेपाली रहेको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार दाबा लामाका लागि टीओबी ‘तिब्बतीयन ओरिजिनल ब्लड’ हो भने अन्य सदस्यका लागि ‘द ओरिजिनल ब्रदर्स’ हो ।
सोमबार जिल्ला प्रहरी पसिरमा आयोजित पत्रकार सम्मेलनमा एसपी भट्टराईले भने, ‘टीओबी तेन्जिनबाहेक अरु व्यक्तिको बुझाईमा द ओरिजिनल ब्रदर्स हो, फेसबुक, इन्स्टाग्राममा पनि त्यही लेखिएको छ।’ प्रहरीले जेनजी आन्दोलनबारे बिस्तृत विवरण प्रस्तुत गर्दै टीओबीबारेको अनुसन्धान निष्कर्ष पनि सार्वजनिक गरेको हो।
आन्दोलनका क्रममा चर्को आवाजमा बाइक कुदाउँदै परिस्थिति भड्काएको आरोप लागेको टीओबी समूहका तेन्जिन दावा लामाबाहेक अरुको तिब्बतसँग कुनै सम्बन्ध देखिएको छैन । समूहका उनीबाहेक अरु सबै सदस्य नेपाली नागरिक रहेको प्रहरीले उल्लेख गरेको छ।
बिजुलीबजारमा पेस्तोल देखाएको भिडियो सार्वजनिक भएपछि पक्राउ परेका उनलाई प्रहरीले सुरुमा अभद्र व्यवहारको कसुरमा मुद्दा चलाएको थियो । यद्यपि, त्यो भिडियो जेन–जी आन्दोलनको बेलाको नभई, केही महिना पहिल्यै म्युजिक भिडियो बनाउँदाको भएको प्रहरीको भनाइ छ ।
उनलाई अभद्र व्यवहारको कसुरमा ७ हजार ५ सय रुपैयाँ धरौटी प्रशासनले मागेको थियो। उनीमाथि लिखत, नागरिकता र राहदानीसम्बन्धी कसुरमा पनि अनुसन्धान भइरहेको छ। प्रहरीले उनीको साथबाट गाँजासमेत बरामद भएकाले लागूऔषधको कसुरमासमेत अनुसन्धान गरिरहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त...
राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत
काठमाडौँ । राष्ट्रियसभाका बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, निर्वाचन पहिलो संशोधन अध्यादेश र नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेशलाई सर्वस...
चुनावी अभियानमा रास्वपाका नेता बालेन शाह तेह्रथुममा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता बालेन शाह चुनावी प्रचारप्रसारका क्रममा तेह्रथुम पुगेका छन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुमको म्याङ्लुङ देवीथानमा स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।
स्था...
उपसभामुख रुवी ठाकुरले संसद् चलाउन नसकेपछि गङ्गालक्ष्मी अवाललाई जिम्मेवारी
काठमाण्डौँ । संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकामाथि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। संसद बैठक प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लागेपछि केही समयका लागि बैठक सञ्चालनको जिम्मा गंगालक्ष्मी अवालला...
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिध...
कांग्रेसको कारबाहीमा परेका सबैको निलम्बन फुकुवा, पार्टी परित्याग गरेकालाई घर फर्कन आह्वान
काठमाडौँ । नेपाली कांग्रेसले विगतमा कारबाही परेका आफ्ना नेता तथा कार्यकर्ताको निलम्बन फुकुवा गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कारबाहीमा परेकाको बाँकी अवधि माफी मिनाहा गर्ने निर्णय गरेको हो ।
साथै बै...


