डलर र कुवेती दिनार बलियो बन्दा अरू मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ ।
यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपषाँ ३७ पैसा निर्धारण गरिएको छ। यता स्विस फ्र्यांक एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने मेयर्स फोरमको निर्णय
काठमाण्डौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले बुढानीलकण्ठदेखि गोदावरीसम्म साइकल लेन बनाउने निर्णय गरेको छ । उपत्यकालाई स्मार्ट सिटी बनाउन अन्तरपालिका जोड्ने साइकल लेन निर्माण गर्ने निर्णय गरिएको मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका मेयर चिरीबा...
अमेरिकी डलर बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो, अरु मुद्राको भाउ पनि उच्च दरमा वृद्धि
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। सबैजसो मुद्राको भाउ विगत केही दिनदेखि...
सोफा हब काठमाडौँबाट सोफा किन्ने १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौँले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।
समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिह...
घरजग्गा कारोबारमा कडाइ, तीन करोडमाथिको लेनदेन अब एजेन्सीमार्फत मात्रै
काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र हुने तीन करोड रुपैयाँभन्दा बढीको घरजग्गा कारोबारका लागि नयाँ नियम सार्वजनिक गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशन अनुसार...
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु...
नेप्से ५ अंकले घट्यो, ३ अर्ब ४० करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ३ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८० कम्पनीको घ...


