आइतबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७७ रुपैयाँ २२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४० पैसा र बिक्रीदर १०१ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ २२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ११ पैसा र बिक्रीदर नौ रुपैयाँ १५ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ०९ पैसा र बिक्रीदर २० रुपैयाँ १८ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ९७ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ६८ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
रिचेत हाइड्रोले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त
काठमाडौँ । अपर रिचेत हाइड्रोपावर प्रालिले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष आनन्द प्रधान र...
सामान्य अंकले घटेर बन्द भयो सेयर बजार, ४ वटामा ‘पोजेटिभ सर्किट’
काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेप्से परिसूचक ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झरेको हो । यद्यपि २ करोड बढी कित्ता कारोबार हुँदा कारोबार भने ८ अर्ब ६६ करोड रुपैयाँको भएको छ ।
नेपाल स्टक एक्सच...
बर्दियामा सहकारी द्वारा समर्थन मूल्यमै धान खरिद, किसानलाई राहत
बर्दिया । किसानहरूलाई धानको उचित मुल्य उपलब्ध गराउन सरकारले समय मै धानको न्यूनतम समर्थन मुल्य तोकेको थियो । धानको न्यूनतम समर्थन मुल्य तोकेपनि किसानले भने धानको मुल्य पाउन सकेका थिएनन् । बर्दियाका स्थानीय व्यापारीले कि...
कात्तिक महीनामा वाणिज्य बैंकहरूको ब्याजदर घट्यो, कुनले कति दिन्छन् ?
काठमाडौँ । वाणिज्य बैंकहरूले कात्तिक महीनाका लागि प्रकाशित गरेको ब्याजदर अनुसार निक्षेपको अधिकतम औषत ब्याजदर घटेको देखिएको छ । असोज महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महीनामा व्यक्तिगततर्फ अधिकतम औषत ब्याजदर ०.२६...
एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय
काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको छ ।
मङ्गलबार एक तोला छापावाल...
नेशनल लाईफद्धारा मधेश प्रदेशका सिइओ क्लब सदस्यहरु सम्मानित
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले जनकपुर स्थित मिथिला यात्रीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी मधेश प्रदेशबाट...



