आइतबार, ०३ साउन २०८३
नेपाली

सोमबार विदेशी मुद्राको विनिमयदर कति ?

Main News Image

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६४ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८७ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९३ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ १६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४१ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०३ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३८ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४ रुपैयाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९० पैसा र बिक्रीदर २१ रुपैयाँ ९९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३२ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९५ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६७ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

mediabaaji add

सम्बन्धित खबर

देशभर ५५ प्रतिशत कृषक परिवार खाद्य जोखिममा

काठमाडौँ । नेपालमा किसान परिवारको सङ्ख्या करिब ४१ लाख ३० हजार रहेकोमध्ये वर्षैभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको पाइएको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भए प...

पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आउँदो फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईप...

समस्याग्रस्त सहकारीका ऋणीलाई तत्काल कर्जा चुक्ता गर्न अल्टिमेटम

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले विभिन्न सहकारी संस्थाबाट ऋण लिएर लामो समयदेखि नतिर्ने ऋणीहरूलाई तत्काल बक्यौता बुझाउन कडा ताकेता गरेको छ । समितिले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै समस्याग्रस्त घोषित सहकारीका ऋणीहर...

भेरी-बबई आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिने : १३२ केभी प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत। राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्ने प्रक्रिया सुरु भएको छ ।

आयोजनाबाट उत्पादित विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर सुर्...

साताको पहिलो दिन सेयर बजार १०५ अंकले घट्यो, १२ अर्ब ३८ करोडको कारोबार

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज सेयर बजारमा शतकीय गिराट आएको छ । आज नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ३.७९ प्रतिशतले कम हो । 

आज सेयर बजारमा २६१ कम्पनी...

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको संख्या बढ्दै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपछि उम्मेदवारले धमाधम खाता खोलेका छन् । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ । सो...