बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९२ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ६० पैसा र बिक्रीदर १०१ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ २२ पैसा र बिक्रीदर नौ रुपैयाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८७ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रुपैयाँ कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३५ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४ रुपैयाँ ८९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८१ पैसा र बिक्रीदर २१ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
सोलु हाइड्रोपावरको आईपीओ स्थानीयमा बाँडफाँट
काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको १ करोड कित्ता आईपीओ आज बाँडफाँट गरेको छ । कम्पनीको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको १० लाख कित्ता सेयरको बाँडफाँट यसअघि नै सम्पन्न भइसकेको छ ।
<...विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने
काठमाडौँ । विश्व बैंकले नेपालको डिजिटल रूपान्तरणका लागि ५० मिलियन डलर दिने भएको छ । हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिन...
पिउने पानीको मूल्य बढाउने पानी उद्योग महासंघको निर्णय
काठमाडौँ । नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ । महासंघका अनुसार, कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र ढुवानी खर्चको बढोत्तरीले पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न असम्भव भएको छ ।
हालका कच्चा प...
अरुण नदीको सतिघाटमा पाँच महिनापछि फेरी पुनःसञ्चालन
भोजपुर । उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा छ महिनापछि पुनः सञ्चालनमा आएको छ । वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि पुनःसञ्चालनमा ल्याइएको हो । अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीक...
वित्तीय सेवामा नेपालीको पहुँच बढ्दै : सूचकाङ्कमा उल्लेखनीय सुधार
काठमाडौँ । नेपालमा वित्तीय सेवाको पहुँच, प्रयोग र गुणस्तरमा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको वित्तीय समावेशीकरण सूचकाङ्कअनुसार आर्थिक वर्ष २०२४र२५ मा समग्र सूचकाङ्क शून्य दशमलव ४७ बाट बढेर शून्य दशमलव ५३ पुग...
नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका सबै पुल निर्माण सम्पन्न
नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न भएका ३४ मध्ये ३३ ओटा पुलबाट सवारीसाधन सञ्चालन भइसकेका नारायणघाट-ब...



