मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले असार १६ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १५० रुपैयाँ ९७ पैसा र बिक्री दर १५१ रुपैयाँ ५७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिद दर १७२ रुपैयाँ १६ पैसा र बिक्री दर १७२ रुपैयाँ ८४ पैसा रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ५५ पैसा र बिक्री दर २०० रुपैयाँ ३५ पैसा तोकिएको छ ।
त्यसैगरी स्विस फ्राङ्क एकको खरिद दर १८६ रुपैयाँ ७४ पैसा र बिक्री दर १८७ रुपैयाँ ४८ पैसा कायम हुँदा अस्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ १६ पैसा र बिक्री दर १०४ रुपैयाँ ५८ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ४० पैसा र बिक्री दर १०६ रुपैयाँ ८२ पैसा तोकिएको छ भने सिङ्गापुर डलर एकको खरिद दर ११६ रुपैयाँ ७१ पैसा र बिक्री दर ११७ रुपैयाँ १७ पैसा रहेको छ ।
एसियाली मुलुकहरू तर्फ जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ २२ पैसा र बिक्री दर २२ रुपैयाँ ३१ पैसा तोकिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब लगानी गर्ने भएको छ। प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पन...
आज १३.८८ अंकले घट्यो नेप्से, कारोबार ३ अर्ब ५१ करोडमा सीमित
काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १३.८८ अंकले घटेर २५८१.२१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ५९ लाखको सेयर कारोबार भएको छ । आज ५४ कम्पनीको सेयर मूल्य बढ्...
सुदूरपश्चिममा धान उत्पादन : क्षेत्रफल घट्यो, उत्पादकत्व वृद्धि
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षमा धानको उत्पादकत्वमा वृद्धि भएको छ। खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि धान उत्पादनमा वृद्धि भएको कृषि विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ। निर्देश...
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैया...
बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ । युरोपियन य...
बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
काठमाडौँ ।नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २००...



