मैले गरेको काम नेपालका लागि सफल मोडेल : कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि सफल मोडेल बनेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ रामेछाप मञ्च गठन कार्यक्रममा अध्यक्ष घिसिङले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँदै घरघरमा रोजगारी सिर्जना गर्ने पार्टीको प्रतिबद्धता व्यक्त गरे ।
उनले मुलुकलाई कृषि, खानेपानी र रोजगारी क्षेत्रमा आत्मनिर्भर बनाउन आवश्यक रहेको भन्दै, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई मतदान गर्न जनता माझ आह्वान गरे । अध्यक्ष घिसिङले भने, हामी ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएका छौँ, तर क्षेत्र अझै कमजोर अवस्थामा छ। मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र पनि सार्वजनिक गर्नेछौँ ।
एक्सप्रेस
सम्बन्धित खबर
बालेनले गरे खुवालुङको दर्शन, भने_ जीवित सांस्कृतिक आध्यात्मिक परम्पराको प्रतीक
काठमाण्डौँ । पूर्वी तराईको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले खुवालुङको दर्शन गरेका छन् । बुधबार सप्ताकोसी पुगेर शाहले खुवालुङको दर्शन गरेका हुन् । उनले यसलाई पवित्र स्थलका रुपमा व्याख्या ग...
मतपत्र छपाइ अन्तिम चरणमा
भक्तपुर । प्रतिनिधिसभाको निर्वाचनका लागि मतपत्र आज छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेका पाँच लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ । केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र...
भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् । कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, हामी विभाजन अस्वीकार गर्छौँ तर आत्म...
माघ १९ मा निर्वाचित भएका राष्ट्रिय सभाका १८ सदस्यको आज शपथ
काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको हलमा आज दिउँसो २ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ । गत माघ ११ गते र...
बत्तीस स्थानको नतिजाः रास्वपा २३, कांग्रेस पाँच, नेकपा दुई, एमाले एक, रास्वपाको अग्रता ९२ स्थानमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनमा ३२ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २३, नेपाली कांग्रेसले ५,नेपाली कम्युनिष्ट पार्टी नेकपाले २ तथा नेकपा एमालेले १ स्थानमा जित हासिल गरेक...
जननिर्वाचित सरकार ढल्नु लोकतन्त्र र संविधान ढल्नु हो : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् । नया...


