आइतबार, २८ भदौ २०८३
नेपाली

मौसम पूर्वानुमान : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

Main News Image

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ ।

महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ। देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेको छ ।

mediabaaji add

सम्बन्धित खबर

देशका सबै विमानस्थलमा २४ घण्टाभित्रै स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्च...

सुकुम्बासी आन्दोलन चर्किँदै, राजमार्गमा चक्काजामदेखि आमहड्तालसम्मको चेतावनी

काठमाडौँ । काठमाडौंसहित देशका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोधमा अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघले दुई चरणमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । संघका अ...

बाढी र पहिरोले देशभरिको जनजीवन प्रभावित : जाजरकोट र दोलखामा दुई जनाको मृत्यु

काठमाडौँ । लगातारको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ । पहाडी भेगमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै मानवीय क्षति समेत भएको छ भने तराई र भित्री मधेसका खोलाहरूमा आएको बाढीले यातायात र बस्तीहरू जोखि...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने

काठमाडौँ । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ । महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेस, कोशी, बागमती, गण्डकी, लुम्ब...

कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भ...

बिहीबार कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी...