मौसम पूर्वानुमान : दुई दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पश्चिमी भूभागमा आज र भोलि दुई दिन वर्षा र हिमपातको सम्भावना छ। देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने र त्यसको प्रभावले वर्षा र हिमपात हुने विभागले जनाएको छ । विभागका अनुसार, यी दुई दिन गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
काठमाडौंबाट पूर्वतिर यसको प्रभाव सम्भावना औंल्याइएको छैन । बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’, अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले गएको बिहीबार कात्तिक १३ देखि शनिबारसम्म देशका धेरै स्थानमा वर्षा भएको थियो । त्यसयता मौसम पूर्णरूपमा सफा भइसकेको छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
शनिबार कस्तो रहला देशभरको मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सुरकुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू(भागका अधिकांश स्थानहरूमा...
मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । सशस्त्र भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ । केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जम...
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दलखोला पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुसार बाप्र०३&nda...
पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु
काठमाडौँ । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शनिबार बेलुकी भएको दुर्घटनामा घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबास चुनढुंगा खानीतर...
आज विश्व सहरीकरण दिवस मनाइँदै
काठमाडौँ । आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । हरेक वर्षको अक्टोबर ३१ को दिन विश्वभरि सहरीकरण दिवस मनाइन्छ। सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको हो। सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह ग...
सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते
चितवन । स्थानीय गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको च...



