सात महिनापछि गृहमन्त्री अर्यालमाथि मुद्दा चलाउँछौँ : महेश बस्नेत
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि मुद्दा चलाउने चेतावनी दिएका छन् । जेनजी आन्दोलनमा भएका आगजनी, तोडफोड तथा लुटपाटका प्रमाण नष्ट गरेको अभियोगमा गृहमन्त्री अर्यालमाथि मुद्दा हाल्ने बताएका हुन् । उनले वर्तमान सरकार ढलेर नयाँ सरकार आएपछि अर्थात् सात महिनापछि अर्यालमाथि मुद्दा चलाउने बताएका छन् ।
बस्नेतले एक कार्यक्रममा भने, ‘गृहमन्त्री ओमप्रकाश अर्याललाई आगजनी, तोडफोड, लुट र चोरीको प्रमाण नष्ट गरेको अभियोगमा तिमीलाई मुद्दा लाग्छ । साथी । तयार भएर बस, तयार भएर बस । अहिले तिमी ६ महिना पन्छ्यौला । सात महिनापछाडि तिमीमाथिको मुद्दा हामीले चलाउँछौँ । तयार भएर बस । यो कुरा हामीले बडो स्पष्टसँग भन्न चाहन्छौँ ।’
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी तथा निजी भवन र व्यापारिक प्रतिष्ठानमा आगजनी एवम् तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेका करिब २ सय भन्दा बढी व्यक्तिहरू गृहमन्त्री अर्यालको निर्देशनपछि छुटेका थिए ।
गृहमन्त्रालयले उच्चस्तरीय छानबिन आयोगले काम गरिरहेकोले त्यसको प्रतिवेदन आएपछि मात्रै उनीहरूमाथि कारबाही चलाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर पछि गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले नै फौजदारी मुद्दामा आयोगको प्रतिवेदन कुन नपर्ने भनेपछि पुनः आगजनी र तोडफोडमा संलग्नमाथि कारबाही थालिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता,...
आज प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छिन्। छलफल मंगलबार अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा गरिदैछ । छलफलमा कांग्रेस, एमाले, माओवादी क...
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेसले आज केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार पार्टी कार्यालय सानेपामा बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त...
रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सृजना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन् ।&nbs...
आज बस्दै एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ । शुक्रबार दिउँसो १ बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ । बि...
नेपालमा पनि बंगलादेशको जस्तै चुनावी परिणाम आउने ओलीको दाबी
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले नेपालमा हुने आगामी निर्वाचनको परिणाम बंगलादेशको जस्तै आउने दाबी गरेका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि व्यक्त गरेका छन् । काठमाडौंबाट आफ्नो निर्वाचन क्षेत्र झापा–५ जाने...



