आइतबार, ०३ साउन २०८३
नेपाली

गगनले भने_"हामी नै आधिकारिक कांग्रेस हौं"

Main News Image

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले कारबाही गरेपछि महामन्त्री गगनकुमार थापाले आफूहरू नै आधिकारिक कांग्रेस भएको प्रतिक्रिया दिएका छन् । विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाउने बाटो खुलेको उनको भनाइ छ ।

‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौं । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर जाँदा सम्मान गरेकै हौ। अब हामी अल्मलिनुपर्ने अवस्था रहेन । विशेष महाधिवेशनको मनोनयनको काम सकियो। नामावलीहरू सार्वजनिक हुँदै छ। संवादका लागि भएका प्रयास विफल भए,’ उनले भने ।

विधिवत् र विधानसम्मत नेतृत्व चयन भइरहेकाले आफूहरू आधिकारिक कांग्रेस भएको उनको भनाइ छ । विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिने उनले प्रस्ट पारेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा !

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । उनले अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले सोमबार छापा मारेको हो ।

हेटौंडाको सानोपोखरामा रहेको उनको...

कांग्रेस विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशतले गरे नाम दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९।३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले रजिस्ट्रेशन दर्दा गराएको जानकारी दिएका हुन् ।

...

आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् । कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास...