आँधीखोला किनार क्षेत्रमा परीक्षणका लागि तर्बुजाखेती सुरु
काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रुपमा तर्बुजाखेती सुरु गरेको छ । हेफर इन्टरनेशनलसँगको सहकार्यमा भीरकोट कृषि तथा पशु विकास परियोजनामार्फत तर्बुजा खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक तर्बुजाखेती गर्ने लक्ष्य लिएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
यहाँको हावापानी, माटो तर्बुजा खेतीका लागि उपयुक्त हुने देखिएकाले व्यावसायिकरुपमा अगाडि बढाउन पहिलो चरणमा बीउ, बेर्ना, उपकरण तथा प्राविधिक सहयोग गरिएको उनले बताए ।
“सम्भवतः जिल्लामै पहिलो पटक तर्बुजाखेती सुरु गरिएको छ” उनले भने, “पहिलो चरणमा यहाँका किसानले परीक्षणका रुपमा लगाएका छन् । यो राम्रो हुनासाथ ठूलो परिमाणमा व्यावसायिक उत्पादनमा जोड दिन्छौँ ।”
यहाँ उत्पादित तर्बुजा किसान आफैंले बिक्री गर्नसक्ने र यदि नसकेमा नगरपालिकाले जिम्मा लिने उनले बताए । भीरकोट नगरपालिका–१ को आँधीखोला नदी किनारको भीरकोट खेलमैदान परिसर, वडा नं ४, वडा नं ५ को पकान, वडा नं ६ को एकुवार फाँटको २० रोपनी क्षेत्रफलमा पहिलो पटक तर्बुजाखेती सुरु गरिएको हो । यसपटक १८ किसानले तर्बुजा रोपेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
खाना पकाउने ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने, सञ्चय नगर्न मन्त्रालयको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीद्वारा मंगलबार जारी विज्ञप्तिमा अघिल्ला वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धा...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर, युरो र पाउण्डको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद...
बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । यस्तै, युरोपिय...
अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने
काठमाडौँ । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ । जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थ...
गभर्नरको सुरक्षामा भारतमा पूर्वराजा, हप्ताभन्दा लामो छलफलमा के गर्दैछन् ?
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह यतिबेला भारतमा छन् । भारतको सिलगुडीमा रहेका पूर्वराजा यही पुस २ गते दमक हुँदै सिलिगुडी पुगेका हुन् । पूर्वराजा १,२ दिनमै फर्किहाल्ने संकेत छैन । भारत सरकारको सरकारी पाहुनाको हैसियतमा उता रहेका पूर्वराजा कति दिन...
नागढुंगा सुरुङमार्गमा आजदेखि गाडी गुड्दै : नेपाल सुरुङ युगमा प्रवेश
काठमाडौँ । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले अन्ततः मूर्तरूप पाएको छ । सन् २०१९ नोभेम्बर १४ देखि निर्माण थालिएको बहुप्रतीक्षित नागढुंगा सुरुङमार्गमा आज सोमबारदेखि औपचारिक रूपमा सवारीसाधन चलाउन थालिएको छ ।
सडक व...



