बागमती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो, उपभोक्तालाई असर नपर्ने
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो ।
अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ ।
पानीको बहाव बढाउन आज दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ । आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले महाशिवरात्रिलाई लक्षित गरी आजदेखि नै धापड्यामको पानी नदीमा छोड्न सुरु भएको जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
पशुपतिनाथमा महाशिवरात्रीको तयारी तिब्र
काठमाडौँ । पशुपतिनाथमा यस वर्षको महाशिवरात्रीको तयारी तिब्र पारिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिर परिसरमा मर्मत, सरसफाई र रंगरोगन गरिरहेको छ । यही फागुन ३ गते आइतबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्...
तामाकोसी बस दुर्घटनामा दुई बालकसहित तीन जना अझै बेपत्ता, प्रहरीले जारी गर्यो हुलिया
काठमाण्डौँ । रामेछापको मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोसी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरूको फोटोसहितको हुलिया सार्वजनिक गर्दै खोजी कार्यमा सहयोग गर्न सर्वसाधारण र सम्बन...
लोप हुने अवस्थामा पुग्यो माघीमा नाचिने थारू समुदायको ‘ढुम्री’ नाच
काठमाण्डौँ । थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । गीत गाउने, नाच्ने र रातभर आगो ताप्ने चलन थियो...
मेलम्चीको पानी पूर्ण रूपमा रोकियो
काठमाडौँ । आफ्ना माग पुरा नभएको भन्दै भेण्डर, मेलम्ची बाढी पीडितलगायतका समितिहरुको समूहले मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण बन्द गरेका छन् । मेलम्ची खानेपानी आयोजना अन्तर्गतको मुहान क्षेत्रमा बिहीबार स्थानीयवासीले काठ...
२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी
काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देश...
हिउँको ठूलो ढिक्का खस्दा तीन पर्वतारोही पुरिए
काठमाडौँ । स्पेनको अरागोन क्षेत्रमा गएको भीषण हिउँपहिरोमा परी तीन जना पर्वतारोहीको मृत्यु भएको छ । उत्तरी स्पेनको पान्थिकोसा नजिकै रहेको टाब्लाटो चुचुरोमा स्थानीय समयअनुसार दिउँसो करिब १ बजे यो दुःखद दुर्घटना भएको हो ।
स्पेनको सिभिल गार्डका...



