आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान
काठमाडौँ । जेन्जी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो । आज ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन हुँदैछ ।
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३ सय ६३ पुरुष र एक हजार ७ सय ७२ महिला गरी तीन हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा ९सरला० नेतृत्वको टोली आज काठमाडौं आउँदैछ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच...
निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देशन दिएका छन् । जङ्गी अड्डामा सञ्चालित पृतनापति समन्वयात्मक बैठकको समापन सत्रलाई आज सम्बोधन गर्दै उहाँ...
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ। राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
आयो...
रास्वपा केन्द्रीय समिति बैठकद्वारा रवि र बालेनबीचको सहमति अनुमोदन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र काठमाडौँ महानगपालिकाका प्रमुख बालेन्द्र शाहबीचको सहमतिलाई रास्वपाको केन्द्रीय समितिबाट अनुमोदन भएको छ । रास्वपा सभापति रवि लामिछानेको सभापतित्वममा आइतबार राति बसेको रास्वपा केन्द्रीय समितिको विशेष बै...
विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णीम वाग्लेलाई विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणसँग जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढ...
संघीय सत्ताबाट अपदस्त एमाले प्रदेशबाट पनि लखेटिँदै
काठमाडौँ । जेनजी आन्दोलनपछि केन्द्र सरकारबाट बाहिरिएको एमाले अब प्रदेश सरकारहरू पनि गुमाउने अवस्थातर्फ पुगेको छ । कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ सत्ता समीकरण बनाउन थालेपछि कर्णालीबाट सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ...



