शुक्रबार, ०१ साउन २०८३
नेपाली

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

Main News Image

काठमाडौँ । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पुरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो। उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे। त्यसपछि परिवारसहित सिङ्गो देश शोकमा डुब्यो। हमासले बन्धक बनाएको अवधिमै गाजामा मृत्यु भएका कञ्चनपुरका विपिन जोशीको मंगलबार बिहान महाकाली नदीस्थित भुजेला घाटमा अन्त्येष्टि गरियो ।

जोशीको पार्थिव शरीरमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे। त्यसपछि सशस्त्र प्रहरी बलको एक टुकडीले विपिनलाई सलामी अर्पण गर्‍यो। इजरायलले उल्लेख गरेको ‘फरेन्सिक रिपोर्ट’ अनुसार इजरायल(हमास युद्धमा हमासले बन्धक बनाएर टाउकोमा गोली हानी विपिनको हत्या गरिएको जनाइएको छ। विपिन जीवित नरहेकोबारे जानकारी गत असोजको अन्तिम साता मात्रै हमासले सार्वजनिक गरेको थियो।

कृषि विज्ञानतर्फ स्नातक तहको अध्ययनका सिलसिलामा विपिनलगायतका नेपाली विद्यार्थीको टोली इजरायल पुगेका थिए। सोही क्रममा हमासको आक्रमणसँगै विपिनलाई हमासले अपहरण गरी लगेका थिए।

विपिनको खोजीका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा दबाब बढाइए पनि अन्ततः विपिन जीवित नभएको हमासले बताएको थियो।

विभिन्न प्रक्रिया पुरा गरी सोमबार दिउँसो काठमाडौँ ल्याइएको विपिनको शव साँझ अबेरमा महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको थियो। भुजेल घाटमा बुवा महानन्द जोशी र ठुलोबुवा रामदत्त जोशीले दागबत्ती दिए। नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासले भुजेल घाटमै पुगेर इजरायली राष्ट्रपतिको शोक सन्देश सुनाउँदै इजरायली झण्डा विपिनको शवमा ओढाए। राजदूत नेतृत्वको टोली शवसँगै काठमाडौँबाट विपिनको अन्त्येष्टिसम्म सहभागी भयो। विपिनको काजक्रिया ठुलाबुवा रामदत्त जोशीले गरिरहेको परिवारजनको भनाइ छ।

mediabaaji add

सम्बन्धित खबर

मेलम्ची भ्रष्टाचारमा भीम उपाध्यायसहित १७ जनाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ पाएका खानेपानी मन्त्रालयका सचिव डा सञ्जय शर्माविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले मेलम्ची...

शीतलहर बढेपछि कैलालीका विद्यालय एक हप्ता बन्द

काठमाडौँ । सुदूरपश्चिमको तराई क्षेत्रमा अत्यधिक चिसो र शीतलहर बढेपछि कैलालीको गौरीगङ्गा नगरपालिकाले नगरभित्रका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। पुस २४ गतेदेखि माघ २ गतेसम्म पठनपाठन बन्द रहने नगरपालिकाले जनाएको छ।

बाक्ल...

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौँ । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको तत्वावधानमा यो दिवस मनाइन्छ । सन् २००७ नोभेम्बर २६ मा संयुक्त राष्ट्रसंघको महासभाले प्रस्ताव पारित गरेअनुसार सन् २००९...

ट्रक र बस आपसमा ठोक्किँदा १४ घाइते

काठमाडौँ । मकवानपुरमा चामल लोड गरिएको बिहीबार ट्रक र यात्रु बाहक बस आपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । मकवानपुरको मनहरी गाउँपालिका-९ रजैया स्थित पूर्व पश्चिम सडक खण्डबाट हेटौंडातर्फ जाँदै गरेको बाप्र ०६००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरी...

गौरबाट छुटेको बससहित तीन साधन ठोक्किँदा ३३ जना घाइते

रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो । भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर...

भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार

बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...