टिकटकमा जथाभावी भिडिओ हाले कारबाही हुने
काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भ्रामक सूचनारहित बनाउन निर्वाचन आयोगले सामाजिक सञ्जाल प्लेटफर्म ‘टिकटक’सँग औपचारिक सहकार्य सुरु गरेको छ । निर्वाचनका बेला सामाजिक सञ्जालमार्फत फैलिने मिथ्या सूचना र घृणास्पद अभिव्यक्ति रोक्न आयोगले बुधबार टिकटकसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
आयोगको सचिवालयमा आयोजित कार्यक्रममा सहसचिव नारायणप्रसाद भट्टराई र टिकटकका प्रतिनिधि फेर्दोस अल मत्ताकिनले समझदारीमा हस्ताक्षर गरे।
टिकटकले निर्वाचनमा कसरी घृणा अभिव्यक्ति, डिसइन्फरमेसनका भिडियो रोकिनेछ भनेर आयोगलाई प्रस्तुति दिएको थियो। कटकले निर्वाचनमा कसरी घृणा अभिव्यक्ति, डिसइन्फरमेसनका भिडियो रोकिनेछ भनेर आयोगलाई प्रस्तुति दिएको थियो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको उपस्थितिमा भएको यो सम्झौताले निर्वाचनको मौन अवधि र प्रचारप्रसारका क्रममा टिकटकमा हुने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्ने लक्ष्य राखेको छ।
भ्रामक प्रचार रोक्ने कडा नीति पछिल्ला निर्वाचनहरूमा टिकटक जस्ता प्लेटफर्ममा उम्मेदवारविरुद्ध चरित्र हत्या गर्ने र झुटा दाबी गरिएका भिडियोहरू भाइरल हुने चुनौती थपिएको छ। समझदारी अनुसार, अब टिकटकले निर्वाचन आचारसंहिता विपरीतका सामग्रीलाई प्राथमिकताका साथ हटाउनेछ। आयोगले आफ्ना कर्मचारीलाई टिकटकको ‘कन्टेन्ट मोडरेसन’ सम्बन्धी तालिम दिने र निर्वाचन विशेष सूचना प्रवाहका लागि छुट्टै संयन्त्र बनाउने योजना पनि अघि सारेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
हिमाली र पहाडी भू-भागमा आंशिक बादल , तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अन...
मौसम पूर्वानमान : आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी प्रदेशको पहाड...
वैशाख १८ देखि काठमाडौंभरका सुकुम्वासी बस्तीमा डोजर चल्ने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नदी किनारका अनधिकृत, जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न सूचना उर्दी जारी गरेको छ । वैशाख १८ गते बिहान ७ बजे काठमाडौँका विभिन्न स्थानबाट त्यस्ता बस्ती खाली गर्ने चेतावनी दिँदै प्रशासनले भोलि १७ गते भि...
मतदानको दिन देशका अधिकांश भागमा मौसम सफा
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ । साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका हिमाली, पह...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्स...
मौसम पूर्वानुमान : पहाडी भू-भागका केही स्थानमा अशिनासहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ। सुदुरपश्चिम प्रद...



