शुक्रबार, ०१ साउन २०८३
नेपाली

सर्वोच्चको आदेश उल्लंघन गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः पत्र पठायो

Main News Image

काठमाडौँ । सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै सरकारले ११ देशका राजदूतलाई पुनः स्वदेश फर्कन पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार सबै राजदूतलाई काठमाडौँ उपस्थित भई मन्त्रालय मातहत काम गर्न निर्देशन दिँदै पुनः पत्राचार गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव सरोजकुमार यादवले राजदूतहरूलाई कार्तिक २० गतेभित्र मन्त्रालयमा हाजिर हुन स्मरणपत्र पठाएका हुन् । मन्त्रिपरिषद्को बैठकले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका लागि नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

फिर्ता बोलाइएका राजदूतमा कृष्णप्रसाद ओली (चीन), शैल रुपाखेती (जर्मनी), धनप्रसाद पण्डित (इजरायल), डा. नेत्रप्रसाद तिमल्सिना (मलेसिया), रमेशचन्द्र पौडेल (कतार), जंगबहादुर चौहान (रुस), नरेशविक्रम ढकाल (साउदी अरब), सनिल नेपाल (स्पेन), चन्द्रकुमार घिमिरे (बेलायत), लोकदर्शन रेग्मी (अमेरिका) र दुर्गाबहादुर सुवेदी (जापान) छन्।\

यसअघि सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले उक्त आदेश जारी गर्दै निर्णय तत्काल लागू नगर्न निर्देशन दिएको हो। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले असोज ३० गते ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नियुक्त ती राजदूतलाई आगामी कात्तिक २० गतेभित्र काठमाडौँ आइसक्न निर्देशन दिइएको हो।

mediabaaji add

सम्बन्धित खबर

धनुषा १ को मत परिणाम सार्वजनिक नगर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले धनुषा १ को मत परिणाम घोषणा नगर्न निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको छ । आयोगले फागुन १८ गते राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरु...

एमाले महाधिवेशन : ओलीको खल्तीमा पदाधिकारी र केन्द्रीय सदस्यको सूची

काठमाडौँ । जेनजी विद्रोहका कारण सत्ताबाट बर्हिगमनमा परेको नेकपा एमालेको ११ औं महाधिवेशन आउन अब नौ दिनमात्रै बाँकी छ । महाविधेशनको तयारी तीव्र रुपले चलिरहँदा आगामी नेतृत्वका विषयमा पनि तीव्र चासो बढ्न थालेको छ । यो महाध...

निर्वाचनको वातावरण बनाउन सरकार लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनको वातावरण बनाउनेतर्फ सरकार सक्रिय भएर लाग्नुपर्नेमा जोड दिएकी छन् । आज काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको दोश्रो प्रतिलिपि लिएपछि उनले सरकार र सम्बन्...

रास्वपाको भोलि भैरहवामा हुने भनिएको ‘परिवर्तन उद्घोष सभा’ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भोलि शनिबार भैरहवामा गर्ने भनेको परिवर्तन उद्घोष सभा स्थगित गरेको छ । पार्टीका उपसभापति तथा संघीय निर्वाचन सम्पादन समितिका संयोजक डोलप्रसाद अर्यालले मातहतका संगठनलाई पत्राचार गर्दै सभा स्थगित गर्ने न...

लिपुलेकबारे भारतको जवाफ : त्यो पुरानो मार्ग हो, कुनै नयाँ विषय होइन

काठमाडौँ । नेपालको भूमि लिपुलेक हुँदै भारत–चीन आवत जावत गर्ने मार्ग सञ्चालन भएकोमा नेपाल सरकारले जाहेर गरेको असहमतिप्रति भारत सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतब...

काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजिनामा, अब चुनाव लड्ने

काठमाण्डौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आगामी माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा बुझाएको पुष्टि गरेका हुन् । महानगरमा बालेन शाहको सारथिको रूपमा चिनिएका पाण्डेले अब के गर्...