बिहिबार, ०४ असार २०८३
नेपाली

उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले छोडे पद

Main News Image

काठमाडौँ । मुलुककै जेठो र ठूलो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्। उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार प्रसाद रिजालले बिहीबार कुलपति एवं प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफ्नो राजीनामा बुझाएका हुन् ।

उनीहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा पनि राजीनामा पत्र पठाएका हुन्।

नयाँ सरकार गठन भएसँगै काम गर्ने वातावरण र कूटनीतिक सहजताका लागि आफूहरूले मार्ग प्रशस्त गरेको पदाधिकारीहरूले बताएका छन्। विशेषगरी हालै सिफारिस गरिएको नयाँ अध्यादेशमा पदाधिकारीहरूलाई हटाउन सक्ने प्रावधान राखिएको र सत्तारूढ दलका नेताहरूबाट पनि सोही किसिमका संकेतहरू प्राप्त भएपछि उनीहरूले पद त्याग गर्ने निर्णय लिएका हुन् ।


mediabaaji add

सम्बन्धित खबर

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौँ । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै एक खर्ब बराबरको योगदान रकम पुगेको छ । कोषका अनुसार हालसम्म कूल योगदान रकम ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

शिखर पावरको आईपीओ बाँडफाँड, २४ लाख ६६ हजार आवेदकको हात रित्तो

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले फागुन १७ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज चैत ३ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आई...

सूर्यकुण्ड हाइड्रोले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले यही माघ १८ गतेदेखि आइतबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता सेयर निष्कासन गर्न लागेको हो । ...

बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रत...

चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने

काठमाण्डौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै जनकपुर-जय...