शनिबार, २७ भदौ २०८३
नेपाली

वेदिका केसी पक्राउ

Main News Image

काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार उनलाई नियन्त्रणमा लिएको हो ।

ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक एसपी दिलीप कुमार गिरिका अनुसार सामाजिक सञ्जालमार्फत अफवाह फैल्याएको, गम्भीर गाली बेइज्जती गरेको र चरित्रहत्या गर्न खोजेको उजुरी परेपछि थप अनुसन्धानका लागि केसीलाई हिरासतमा राखिएको छ ।


mediabaaji add

सम्बन्धित खबर

नागढुङ्गाबाट ७ लाख मूल्यका १४ थान पुराना आईफोन बरामद

काठमाडौँ । काठमाडौँको मुख्य नाका नागढुङ्गाबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब सात लाख रुपैयाँ बराबरका १४ थान पुराना आईफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति पौने १० बजे चन्द्रागिरि नगरपालिका(२ स्थित नागढुङ्गा च...

जेन–जी आन्दोलनका नाममा सर्वोच्चमा जलाइएका दश हजार भन्दा बढी मुद्दाका मिसिल तयार

काठमाडौँ । सर्वोच्च अदालतमा जेन–जी आन्दोलनका नाममा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कूल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगल...

जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ

झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...

प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन ह...

चुनावमा भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्याल...

अवैध लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एकएक जनालाई पक्राउ गरेको ह...