शुक्रबार, २२ जेठ २०८३
नेपाली

अमेरिकी सहायक विदेशमन्त्री एस. पल कपुर काठमाडौंमा

Main News Image

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री एस। पल कपुर आज काठमाडौं आइपुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र मानिने कपुर नेपालमा बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलोपटक उच्च तहको भ्रमणमा आएका हुन् ।

स्रोतका अनुसार, कपुरको तीनदिने भ्रमण नेपाल(अमेरिका सम्बन्धलाई सुदृढ पार्ने र वर्तमान सरकारको प्राथमिकताहरू बुझ्ने उद्देश्यमा केन्द्रित रहनेछ । उनको भ्रमणमा विशेष अमेरिकी सहयोगमा सञ्चालित एमसीसी परियोजनाको कार्यान्वयनलाई तीव्रता दिने विषयमा छलफल हुने सम्भावना छ ।

कपुरले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। यद्यपि, प्रधानमन्त्री बालेन शाहसँग उनको भेट हुनेरनहुने बारे अझै औपचारिक पुष्टि भइसकेको छैन । पछिल्लो समय दक्षिण एसियामा बदलिँदो भू(राजनीतिक परिस्थिति र सुरक्षा चासोका विषयमा पनि दुई पक्षबीच विचार विमर्श हुनेछ ।


mediabaaji add

सम्बन्धित खबर

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदै, बजेट र नीति तथा कार्यक्रममा केन्द्रित हुने

काठमाडौँ । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीसहित प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

कांग्रेसले ३ दिन झण्डा आधा झुकाउने, आइतबार सबै कार्यालय बन्द गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक बैठकले आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...

प्रतिनिधि सभा निर्वाचनमा जिल्लाबाहिरबाट मतदान गर्न नपाइने

काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएका हुन् । ...

निर्वाचनअघि ७२ घण्टा नेपाल–भारत सीमा बन्द गर्ने निर्णय

काठमाडौँ । नेपाल र भारतका सुरक्षा अधिकारीहरूको संयुक्त सीमा समन्वय समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा शनिबार सम्पन्न बैठकमा निर्व...

करिब एक महिनामा थपिए ९३ हजार ३ सय ५१ नयाँ मतदाता

काठमाडौँ । कानून संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।

आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने...

हर्क, बालेन, रेनु लगायतको राजीनामा : ६ महिनाभित्र उपनिर्वाचन हुने

काठमाडौँ । कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारीले राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् । ती पद रिक्त भएका स्थानमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रम...