अमेरिका र चीनबीच व्यापार सम्झौताको खाकामा सहमति
काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको खाकामा सहमति जुटेको छ । यसै साताको अन्त्यमा दुई देशका राष्ट्र प्रमुखहरूको भेटमा त्यसबारे छलफल हुने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले जानकारी दिएका छन् । अमेरिकामा सामाजिक सञ्जाल टिकटकको सञ्चालन अमेरिकी स्वामित्वमा हुने र दुर्लभ खनिज पदार्थहरूमा चीनले कायम गरेको नियन्त्रण स्थगित गर्ने निर्णय अन्तिम सम्झौताका लागि तयार रहेको बेसेन्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामानमा प्रस्ताव गरेको १०० प्रतिशत कर लागू हुने सम्भावना आफूले नदेखेको बताए। चीनले अमेरिकाबाट ठूलो परिमाणमा भटमास खरिद पुनः सुरु गर्ने विषय पनि समेटिएको बेसेन्टले बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच बिहीवार दक्षिण कोरियामा भेट हुने तय भएको छ। बेसेन्टले दुई देशहरूबीच दुई नेताको भेटका लागि ठोस खाकामा सहमति जुटेको बताएका छन्। उनले करहरू रोकिने पनि बताएका छन्।
चिनियाँ सरकारले एक विज्ञप्तिमा दुवै वार्तारत पक्ष ‘आफ्नो चासो सम्बोधन गर्ने सम्झौताका लागि प्रारम्भिक सहमतिमा पुगेको’ जनाएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिकामा बसोबास अनुमति पाएका ७ हजार नेपालीलाई देशनिकाला गर्न ट्रम्पलाई बाटो खुल्यो
काठमाडौँ । अमेरिकाको एक अदालतले अस्थायी संरक्षित स्थिति टीपीएस अन्तर्गत अमेरिकामा बस्ने अनुमति पाएका नेपालीहरूलाई देशनिकाला गर्न ट्रम्प सरकारलाई अनुमति दिएको छ । नवौं सर्किट कोर्ट अफ अपिल्सले अमेरिकी सरकारलाई नेपाल, होन्डुरस र निकारागुवाका आप्रवास...
विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले विदेशी नागरिकलाई शरण दिनेसम्बन्धी फैसलामा रोक लगाउने घोषणा गरेको छ । वासिङटन डीसीस्थित राष्ट्रपति भवननजिकै बुधबार दुई जना नेसनल गार्डलाई गोली हानिएपछि अमेरिकाले विदेशी नागरिकलाई शरण दिने सबै निर्णय...
लेबनानमा नेपाली सेनाको बटालियनको हेडक्वार्टरमा आक्रमण
काठमाडौँ । शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणले संयुक्त राष्ट्रसंघीय अन्तरिम बल युनिफिल अन्तर्...
मोदीले पुटिनसँग भने – हामी युक्रेन युद्धमा तटस्थ रहन सक्दैनौँ, हामी शान्ति चाहन्छौँ
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूस–युक्रेन युद्धमा भारत तटस्थ रहन नसक्ने बताएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार हैदराबाद हाउसमा वार्ता गर्दै मोदीले भारत तटस्थ बस्न नसक्ने भन्द...
बङ्गलादेशमा युनुस युगको अन्त्य, रहमानको शपथ आज
काठमाडौँ । बङ्गलादेशका अन्तरिम नेता मोहम्मद युनुसले निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुअघि सोमबार राष्ट्रका नाममा बिदाइ सम्बोधन गर्दै पदबाट राजीनामा दिएका छन्। नोबेल शान्ति पुरस्कार विजेता ८५ वर्षीय युनुसले आफ्नो कार्यकाल समाप्त भएको घोषणा ग...
बंगलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना
काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटम...


