‘आलोचनाले होइन, एकताले चुनाव जितिन्छ’ — ओलीका टिप्पणीमा सुरेन्द्र पाण्डेको संयमित प्रतिवाद
काठमाडौँ । नेकपा एमालेभित्र सार्वजनिक अभिव्यक्तिका कारण देखिएको तिक्तताप्रति नेता सुरेन्द्र पाण्डेले स्पष्ट र सन्तुलित धारणा राखेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू लक्षित गर्दै दिएका टिप्पणीप्रति प्रत्यक्ष विवादमा नउत्रँदै पाण्डेले निर्वाचनको संवेदनशील समयमा नेतृत्वको भूमिकामाथि प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पाण्डेले चुनावी घडीमा पार्टीलाई एकताबद्ध राख्नु नेतृत्वको प्रमुख दायित्व भएको उल्लेख गरेका छन् । यस्तो अवस्थामा नेतृत्वका शब्दहरूले कार्यकर्ताको मनोबल कमजोर पार्ने होइन, बरु सबैलाई जोड्ने शक्ति दिनुपर्ने उनको भनाइ छ ।
उनले वैचारिक मतभेदलाई स्वाभाविक राजनीतिक प्रक्रिया ठहर गर्दै मत फरक हुँदैमा कसैलाई कम आँक्ने संस्कार आफूमा नरहेको स्पष्ट पारेका छन्। ‘वैचारिक असहमति राख्ने साथीहरू पनि उत्तिकै आदरणीय एमाले हुन्,’ पाण्डेको भनाइ छ, ‘मत फरक भयो भन्दै पूर्वाग्रह राख्नु मेरो राजनीतिक चरित्र होइन।’
टिकट वितरणको विषयमा पार्टीभित्र असन्तुष्टि देखिए पनि पाण्डेले त्यसलाई पार्टी हितकै लागि स्वीकार गरिएको जनाएका छन्। ‘टिकट वितरणको क्याल्कुलेसनलाई हामीले कुनै विरोध नगरी स्वीकार गर्यौं,’ उनले लेखेका छन्, ‘तर पार्टीलाई जिताउने साझा संकल्पमा पूर्वाग्रही टिप्पणीले कुनै सकारात्मक अर्थ राख्दैन ।’
पार्टीभित्रैका सहयोद्धालाई सार्वजनिक रूपमा न्युनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको टिप्पणी गर्दै पाण्डेले संस्थागत निर्णय र सामूहिक विचारको आधारमा बाह्य प्रतिस्पर्धाको सामना गर्नु आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । अहिले आफू टिप्पणीको खण्डनमा समय नखर्ची एमालेका उम्मेदवारलाई जिताउन र संगठनको साख जोगाउन मैदानमै खटिएको उनले बताएका छन् ।
यसअघि अध्यक्ष ओलीले सुरेन्द्र पाण्डे, योगेश भट्टराई, बिन्दा पाण्डे तथा गोकुल बाँस्कोटालगायत नेताहरूमाथि सार्वजनिक रूपमा टिप्पणी गर्दै उनीहरूको चुनावी सम्भावनामाथि प्रश्न उठाएका थिए। ओलीका ती अभिव्यक्तिले पार्टीभित्र असहजता सिर्जना गरेको बेला पाण्डेको प्रतिक्रिया आएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
रामेछाप । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले समग्र देशलाई उज्यालो बनाउने आफू नेतृत्वमा आउन खोजेको बताएका छन् । ऊर्जा क्षेत्रमा आफूले देशलाई उज्यालो बनाएको बताउँदै...
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजनागरी प्रवक्ता नारायणप्रसाद भ...
राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन् । नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने छन्। प्रतिनिधि स...
एमालेले आज नयाँ नेतृत्व पाउँदै, केही घण्टामै नतिजा
काठमाडौं। नेकपा एमालेले महाधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ । मंसिर २७ गतेदेखि सुरु भएको महाधिवेशन मतदान सुरु भएसँगै पार्टीको नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको हो । बुधबार बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अहिले अन्तिम चरणमा पुगेको छ...
मतदानका लागि सम्पूर्ण तयारी पूरा
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको बताएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यव...
आन्तरिम सरकार खारेज गरेर सर्वपक्षीय सरकार गठन गर्न विप्लवको माग
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयो...



