शनिबार, २३ साउन २०८३
नेपाली

जेनजी प्रतिवेदन कार्यान्वयन नहुँदा दमन दोहोरियो : जेनजी अगुवा हमाल

Main News Image

काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त लिली थापासँग भेट गरी जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन, मानव अधिकारको अवस्था तथा राज्यको जवाफदेहिताबारे विस्तृत छलफल गरेका छन् ।

आयुक्त थापाकै संयोजकत्वमा तयार भएको जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदनका सिफारिस प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा सुरक्षा संयन्त्रमा अपेक्षित सुधार आउन नसकेको र त्यसकै परिणामस्वरूप राज्यको दमनात्मक प्रवृत्ति दोहोरिएको निष्कर्ष छलफलमा निकालिएको जनाइएको छ।

छलफलका क्रममा सुनसरी र सिराहामा सुरक्षा निकायबाट घातक हतियार प्रयोग हुँदा चार जनाको मृत्यु भएको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै आयोगका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्ने आवश्यकता झन् बलियो बनेको धारणा व्यक्त गरिएको थियो ।

भेटपछि हमालले आयोगका प्रतिवेदनलाई औपचारिक दस्तावेजका रूपमा सीमित नराखी राज्य सुधारको मार्गदर्शकका रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए। उनले मानव अधिकार उल्लङ्घनका प्रत्येक घटनामा सत्य, न्याय र जवाफदेहिता सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै नागरिकको जीवन र अधिकारको संरक्षण नै लोकतान्त्रिक शासनको आधार भएको धारणा व्यक्त गरे ।


mediabaaji add

सम्बन्धित खबर

ऋणको पासोले जनता जेलमा, सरकार वैदेशिक ऋण थुपारेर देश डुबाउने खेलमा !

अनुसा थापा ____________

पछिल्लो पाँच वर्षयता बैंकिङ्ग कसुरको मुद्दा ह्वात्तै बढेको छ । त्यसमा पनि सबैभन्दा बढी चेक बाउन्स र आर्थिक लेनदेनको कसुर रहेको छ । बैंकिङ्ग कसुरको प्रमुख कारण आर्थिक मन्दी देखिन्छ । बजारमा लामो समयदेखि आ...

समस्याग्रस्त सहकारीका बचतकर्ताको धमाधम पैसा फिर्ता, स्रोत खोज्न बेवास्ता !

अनुसा थापा_________

भक्तपुर । सहकारी क्षेत्रमा समस्या देखिएको पाँच वर्ष भइसकेको छ । सहकारीमा एउटै बचतकर्ताको १० हजारदेखि ४५ करोड रुपैयाँसम्म फसेको छ । सरकारले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्ने सहकारीलाई समस्याग्रस्त घोषणा गरेक...

‘राजनीति अयोग्यहरूको गुटले खेल्ने खेल हो ‘- सुरेश आचार्य (समाजसेवी)

काठमाडौँ । धादिङ जिल्लाको धुनिबेसी नगरपालिका ६ ,मा वि सं२०२९ मा जन्मनुभएका सुरेश आचार्य सानै उमेरदेखि राजनीतिप्रति सचेत हुनुहुन्छ ।  किशोर अवस्थामा विभिन्न सामाजिक कामहरूमा अग्रसर रहेर पछ...

हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता

© हरि खतिवडा

काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...

भाडादेखि पानी, बिजुली, फोहोर र पार्किङ्गमा ठग्दै घरधनी, शुल्क तोक्न तीनै तहको सरकारको आनाकानी !

अनुसा थापा____

भक्तपुर । सरकारले उपभोक्ताबाट उठाइने बिजुलीको पैसा तोकेको छ । प्रतियुनिट नेपाल विद्युत प्राधिकरणले घरधनीबाट ९ रुपैयाँ ४० पैसा लिने गरेको छ । सरकारलाई ९ रुपैयाँ ४० पैसा तिर्ने घरधनीहरुले डेरावाललाई विद्युत व्यापार गरिरहे...

राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान

प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...