शनिबार, ०२ साउन २०८३
नेपाली

एमालेले घटायो उम्मेदवारी शुल्क, महाधिवेशन प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन

Main News Image

काठमाडौँ । नेकपा एमालेले ११ औँ महाधिवेशनको प्रतिनिधि छनौटका लागि पाँच बुँदे निर्देशन जारी गरेको छ । पार्टीको सङ्गठन विभागले सोमबार साँझ भर्चुअल बैठकमार्फत पाँच बुँदे निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनाथ अधिकारीे जानकारी दिए । विभागले प्रतिनिधिमा उम्मेदवारी शुल्क बढीमा १ हजार रुपैयाँ भन्दा बढी नलिन पनि निर्देशन गरेको छ । केही जिल्लाहरूमा प्रतिनिधिको उम्मेदवारी दर्ता शुल्क अत्यधिक तोकिएको जानकारी आएकोले त्यसमा विभागले हस्तक्षेप गरेको हो ।

अधिकारीका अनुसार निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ । यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचिको संख्या केन्द्रीय सङ्गठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ । यस्तै १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरिएको छ । विभागको यो निर्देशनले कुनै पनि बहानामा १३ गते गर्नु पर्ने प्रतिनिधि छनौटलाई नसार्न निर्देशन गरेको छ ।

mediabaaji add

सम्बन्धित खबर

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भानु नगरपालिका–५ नागनगिनी, तनहुँमा आज आयोजित मतदातासँग भेटघाट कार्यक्रममा...

कांग्रेसबाट काठमाडौँ-५ मा प्रदीप पौडेल उम्मेदवार

काठमाण्डौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ ५ को उम्मेदवार बनाएको छ ।  हालै भएको विशेष महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका पौडेल यसअघिको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भएका थ...

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

काठमाडौँ । निर्माणाधीन कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । यसमा माघ २० गतेभित्रमा चार्जिङ गर्ने तयारीका साथ धमाधम काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार अब ५०० मिटर तार तान्न बाँकी रहेको छ । छ वर्षअघि रु ७०...

हरिबोलमाथिको कारबाही फिर्ता नगरिए नेकपा बचाउन गाह्रो हुने झलनाथको चेतावनी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई गरिएको कारबाही फिर्ता गर्न संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग माग गरेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सिन्धुली २ मा पार्टीको आधिकारिक उम्मेदव...

क्यान अध्यक्ष चन्दलाई हराउँदै बैतडीमा रास्वपाका हरि मोहन भण्डारी विजयी

काठमाडौँ ।  बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि मोहन भण्डारी विजयी भएका छन् । उनी २२ हजार १३४ मतसहित विजयी भएका हुन् । नेपाली कांग्रेसकानेता एवम् नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द १८ हजार १९४ मतसहित दोस्रो स्था...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएकी छिन् । मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने ‘नेपाल–भारत सीमा क्षेत्रमा मानव...