भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढेको एमाले महासचिव पोखरेलको टिप्पणी
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढाएको बताएका छन् । सोमबार नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन तथा समसामयिक राष्ट्रिय राजनीतिका सन्दर्भमा आयोजित संवाद कार्यक्रममा उनले भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ लगेको र संविधानलाई घाइते बनाएको भन्दै यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘भदौ २३ र २४ को घटनापछि मुलुक अग्रगमनमा होईन्, पश्चगमन र प्रतिगमनतर्फ अगाडि बढेको छ। जनताले लामो संघर्षबाट प्राप्त गरेको सार्वभौम सत्तामा आधारित संविधान घाइते भएको छ । जनताबाट निर्वाचित जनप्रतिनिधि अंग प्रतिनिधि सभा विघटन भएको छ। यो दुवै काम हाम्रो पार्टी अनुसार भन्ने हो भने असंवैधानिक छ । यस्तो अवस्थामा मुलुकलाई संविधान तर्फ फर्काउनु पर्ने आवश्यकता छ।’
यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
जेन-जी विद्रोहका फौजदारी मुद्दा फिर्ता लिन कार्यदल बनाउने गृहमन्त्री गुरुङको घोषणा
काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गर्दै जेन–जी आन्दोलनका क्रममा लगाइएका फौजदारी मुद्दाहरू फिर्ता लिने प्रक्रिया अगाडि बढाउने घोषणा गरेका छन् । मन्त्रालयमा पदभार सम्हाल्दै उनले यस विषयमा अध्ययन गरी ठोस सिफारिस गर्न एक विशेष क...
बालेनसँग हारेपछि लौरो चिन्ह लिएरै दोस्रो भएका सुमन सायमी प्रचण्डको पार्टीमा
काठमाडौँ । अघिल्लो स्थानीय निर्वाचनमा मेयर पदमा उम्मेदवार भएका र प्रतिनिधि सभामा काठमाडौं ८ मा दोस्रो भएका सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा मिल्ने भएका छन् । प्रतिनिधि सभा निर्वाचनके केही समयअघि उनी नेकपामा जान लागेका हुन् ।
सायमी...
रास्वपाले टुंग्यायो संसदीय समिति सभापतिका उम्मेदवार
काठमाडौँ । संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाह बालेनको...
कुनै पनि केन्द्रमा मतदान रोकिएको छैन : निर्वाचन आयोग
काठमाडौँ । देशभरका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त डा। जानकीकुमारी तुलाधरले हालसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै स्...
गृहमन्त्री र मेयरबीच तीव्र मतभेद : गृहमन्त्रीका अनुसार बालेनको कदम आपराधिक
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबीचको तिक्तता सार्वजनिक रूपमा देखिन थालेको छ । सोमबार थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री अर्यालले डो...
थुनामुक्त भएपछि रवि लामिछानेको पहिलो सार्वजनिक कार्यक्रम चितवनमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले आज चितवनबासीहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने भएका छन् । शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको र...



