युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी, नेपालद्वारा कृतज्ञता व्यक्त
काठमाडौँ । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स यूएई सरकारको ५४ औं राष्ट्रिय दिवस ईद अल एतिहादका वसरमा २६७ जना नेपाली बन्दीलाई उदारतापूर्वक प्रदान गरिएको आममाफीप्रति युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ । नेपाल सरकारले यस आममाफीलाई नेपाल र संयुक्त अरब इमिरेट्सबीच विद्यमान द्विपक्षीय सम्बन्धमा रहेको मैत्री, सद्भावना तथा सौहार्दताको प्रतीकका रूपमा लिँदै यूएई सरकारको यस मित्रवत् र मानवीय कदमको आज एक विज्ञप्ति निकालेर सराहना गरेको छ ।
उक्त आममाफीको निर्णय परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटकपटकको अनुरोधको प्रत्युत्तरस्वरूप मित्रराष्ट्र युएई सरकारले गरेको आममाफीको निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा
काठमाडौँ । मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार नभएको विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रूसी सरकारी सञ्चारमाध्यमसँग बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी द्वन्द्व अन्त्य गर्ने प्रयासमा अघि सारेको वार्ता प्...
शान्ति वार्ता पुनः सुरु गर्ने विषयमा अमेरिका युक्रेनबीच छलफल
काठमाण्डौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुशनरसँग भएको वार्ता अत्यन्तै सार्थक र महत्वपूर्ण रहेको बताएका छन् । आइतबार भएको भेटवार्तापछि पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्...
शेख हसिनालाई मृत्युदण्डको सजाय
काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ । तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत...
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु
काठमाडौँ । पश्चिमी कोलम्बियाको पेरेरा सहरमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण केबलकार एरियल केबलकारमा फसेका १६ जना यात्रुको करिब ६ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
पेरेरा नगरप्रमुखको कार्यालयद्वारा जारी वक्तव्य अनुसार सोमबार बि...
अमेरिकी संसद्ले खारेज गर्यो इरानविरुद्ध आक्रमण रोक्ने प्रस्ताव, ट्रम्पलाई बाटो खुला
काठमाण्डौँ । इरानविरुद्ध थप सैन्य आक्रमण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न पेस गरिएको प्रस्ताव अमेरिकाको संसद् कंग्रेसले खारेज गरेको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावका पक्षमा ४७ सांसद उभिँदा विपक्षमा ५३ मत परेका हुन् । <...
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौा । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन् । नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् ।
बंगलादेशमा सन् २०२४ मा...



