वीरगञ्जमा दुई युवामाथि छुरा प्रहार
पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं १६ घुसुकपुरमा मंगलबार साँझ दुई जना युवामाथि धारिलो हतियार प्रहार भएको छ । घरअगाडि आगो ताप्दै बसेका विकास महतो र सुरज महतोलाई उनीहरूकै छिमेकीले धारिलो हतियार प्रहार गरी घाइते बनाएका हुन्। घाइते दुवै जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकका अनुसार मंगलबार साँझ करिब ६ः४५ बजे घर अगाडि आगो ताप्दै बसेका बेला पुरानो रिसिबीका कारण छिमेकीले विकास र सुरजमाथि धारिलो हतियार प्रहार भएको हो । घटनामा विकासको टाउकोमा र सुरजको पेटमा चोट लागेको उनले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार घाइते र आक्रमणकर्ताबीच यसअघि पनि विवाद भएको र सोही रिसिबीका कारण घटना घटेको देखिएको एसपी पाठकले बताए । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य भइरहेको उनको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
ट्राफिक सप्ताहको दोस्रो दिन: उपत्यकामा २० हजार हाराहारी सडक प्रयोगकर्तामा सुरक्षा सन्देश
काठमाण्डौँ । सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सञ्चालन भइरहेको ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा दोस्रो दिन व्यापक सचेतनामूलक गतिविधि सञ्चालन गरिएको छ। अभियानबाट एकै दिन झण्डै १...
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्...
निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति पास बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका वि...
एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
काठमाडौँ । दाङ को तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराले तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४...
गोरेलाई थप १० वर्ष कैद, तर सुन काण्डमा संगठित अपराध पुष्टि भएन
मोरङ । मोरङको उर्लाबारीमा सनम शाक्यको विभत्स हत्या प्रकरणमा मुख्य अभियुक्त ‘गोरे’ भनिने चुडामणि उप्रेतीलाई उच्च अदालत विराटनगरले थप १० वर्ष कैद सजाय सुनाएको छ । तर, बहुचर्चित ३८ क्विन्टल सुन तस्करी प्रकरणमा भने...
जंगी अड्डाले भन्यो__ राहत र उद्धार सहज बनाउन सुकुम्बासीको विवरण मागेका हौं
काठमाडौँ । नेपाली सेनाले आसन्न वर्षातको समयमा हुनसक्ने सम्भावित प्राकृतिक विपद्को पूर्व तयारीका लागि तथ्याङ्क अद्यावधिक गरेको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको विवरण माग गरिएको विषयम...



