पोर्चुगलमा दुई हजार नेपाली संकटमा
काठमाडौँ । रोजगारीका क्रममा पोर्चुगलमा रहेका सयौं नेपाली नक्कली प्रमाणीकरण फेक स्ट्याम्प प्रकरणका कारण गम्भीर कानुनी संकटमा परेका छन् । नेपाल प्रहरीबाट जारी सक्कली चारित्रिक प्रमाणपत्र प्रहरी रिपोर्ट रिपोर्टमा दिल्लीस्थित पोर्चुगल र नेपाली दूतावासको नक्कली छाप र हस्ताक्षर प्रयोग भएको पुष्टि भएपछि उनीहरू कानुनी अप्ठ्यारोमा परेका हुन् ।
नक्कली स्ट्याम्प प्रयोग गरेको पुष्टि भएपछि नेपालीहरूको अस्थायी आवासीय अनुमति टीआरसी प्रक्रिया रोकिएको छ भने उनीहरू ‘डिपोर्टेसन’ को त्रासमा समेत छन् ।
पोर्चुगलमा रहेका आप्रवासीलाई कानुनी हैसियत दिने अधिकारसम्पन्न निकाय ‘एकीकरण, आप्रवासन तथा शरणार्थी निकाय एआईएमएले टीआरसीको आवेदन मूल्यांकन गर्ने क्रममा प्रहरी रिपोर्टमा लगाइएको प्रमाणीकरण छाप नक्कली ठहर गर्दै आप्रवासन प्रणालीको दुरुपयोग’ भएको निष्कर्ष निकालेको छ । प्रकरणमा संलग्न पाइएका सयौं नेपालीलाई एआईएमएले इमेलमार्फत निश्चित समयसीमाभित्र देश छाड्न निर्देशनसमेत दिएको छ । सम्पर्कमा आएका एक नेपालीका अनुसार केही इमेलमा एक वर्षसम्मको जेल सजाय र निष्कासन ९डिपोर्टेसन० को चेतावनीसमेत दिइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
आज चैते दशैंको घटस्थापना
काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दशैंको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा घटस्थापना गरी विधिपूर्वक नवदुर्गा देवीको पूजाआराधना गरिँदै छ । चैत्र नवरात्रको घटस्थापनाका लागि आज बिहान ७ः५१ बजेको स...
नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौँ । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका...
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३ पुगेको छ, जुन सन् २०२५ को जनवरीको तुलनामा १५.७ प्रतिशतले बढी हो । कोभिड–१९ महामारीपूर्व सन् २०१९ को...
हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवादपछि कपिलवस्तुमा निषेधाज्ञा
काठमाडौँ । कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा हिन्दु र मुस्लिम समुदायबीच उत्पन्न विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि लागू हुने गरी महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक...
आज सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी मनाइँदै
काठमाडौँ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
मिथिलाको प्राचीन राजधानी जनकप...
जेन-जी आन्दोलनका घाइते र युवाहरुको माइतीघरमा धर्ना
काठमाडौँ । जेनजी आन्दोलनका घाइते तथा युवाहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । जेनजी आन्दोलनका घाइतेहरुको जायज मागलाई पूरा गर्न र सम्पूर्ण जेनजीहरुलाई एकतावद्ध गर्नुपर्ने भन्दै उनीहरुले शुक्रबार माइतिघरमा धर्ना...



