शनिबार, ०२ साउन २०८३
नेपाली

सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

Main News Image

सर्लाही । सर्लाहीमा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ईश्वरपुर नगरपालिका १३ स्थित बाके(संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक बुधबार साँझ तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछी प्रहरीको टोली खटिएको थियो । दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो। तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको थियो ।

गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका(९ निवासी सिंगेश्वर रायका छोरा अन्दाजी ३० वर्षीय मुकेश रायलाई राति मलंगवा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । त्यसैगरी, सोही स्थानका रामछबिल्ला रायका छोरा अन्दाजी ३५ वर्षीय रामज्ञान रायलाई पनि राति थप उपचारका लागि मलंगवा पठाइएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेका हुन् ।


mediabaaji add

सम्बन्धित खबर

हात्तीको आक्रमणबाट बालिकाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार जिल्लाको लालझाँडी गाउँपालिका–६ स्थित चानदेवका किसनसिंह साउदको...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसममा फेरबदल आएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा अहिले साधारणतय...

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काठमाण्डौँ । अविरल वर्षाका कारण हिजो साँझबाट अवरुद्ध भएको बिपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार मर्मत कार्य सम्पन्न भएपछि राजमार्ग सञ्चालनमा ल्याइएको हो ।

गए राति परेको लगातार वर्षाका कारण सडक अ...

हिमाली भूभागमा वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली...

पोखरा-दुबई नियमित उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबीच छलफल

कास्की । आगामी सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुन लागेको पोखरा दुबई हवाई उडान सेवालाई व्यवस्थित र दीर्घकालीन बनाउने विषयमा पर्यटन व्यवसायी तथा फ्लाइ दुबईका प्रतिनिधिहरूबीच पोखरामा महत्वपूर्ण संवाद भएको छ ।

पोखरा उ...

इरानले अमेरिकालाई पठायो सधैंको लागि युद्ध अन्त्य गर्ने नयाँ प्रस्ताव

काठमाडौँ । इरानले अमेरिका र इजरायलसँग जारी द्वन्द्व ‘सधैंका लागि अन्त्य गर्ने’ उद्देश्यसहित शान्ति प्रस्ताव अघि सारेको छ । इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार उक्त प्रस्ताव पाकिस्तानमार्फत् पठाइएको हो । बीबीसीका अनुसार अमेरिकाबाट आएको १५...