हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू जस्तै :पुस्तकमा बहुस्वादका कविताहरू उनिएको छ । साब्लाबुङ प्रकाशन हङकङबाट प्रकाशित पुस्तकका कवि माछापुछ्रे र सेती , काली नदीहरूको किनारामा हुर्केका कवि डोम राना हङकङको समुद्र किनारामा उभिएर गोधूलिको किनारा बोकेर आएका छन् ।
उनका धेरै कविताहरूमा माया प्रेमलाई केस्रा केस्रामा केलाएका छन् । उनका कविताहरूमा सम्झना, दु:ख, सुख तृप्त अतृप्त प्रेमका शृङ्खलाहरू सँगै सामाजिक राजनीतिक विसङ्गतिहरू समेटिएका छन् । धेरै कविताहरू प्रेममा आधारित छन् । प्रेम मायाको आकार परिभाषा सिमाङ्कन गरिन्न अनेक रूप स्वरूपमा कहीं पनि विना साइत प्रकट हुन सक्छ जोडिन्छ, तोडिन्छ र छोडिन्छ पनि । प्रेम यो दुई अक्षरको बारे साहित्य ,कला ,संगीत र सिनेमा स्मरण यति धेरै लेखिंदै निर्माण हुँदै आएको छ अरू कति लेखिने होला कुनै सिमाना छैन । मान्छेले प्रेम सुनिरहेको हुन्छ , पर्खिरहेको हुन्छ , सम्झिरहेको हुन्छ ,पढिरहेको हुन्छ र बोलीरहेको हुन्छ । मान्छे प्रेमबाट हरपल मुक्त नै हुन्न । कहीं न कहीं प्रेम ले तानीरहेको स्वयंमले पनि पत्तो पाउँदैन । प्रेमको गीत फिल्म साहित्य हेर्नु पढ्नु पनि प्रेम सम्झिनु माया गर्नु नै हो ।
गोधूलिको किनारा कविता संग्रहमा माथि उल्लेख कुराहरूको सेरोफेरोमा नै छ छोटो टिपोट गर्दैछु । घुम्तीको भेट कवितामा मायासँग भेट हुन्छ, अर्को कविता गुनासोमा पर्खिरहेको हुन्छ जिन्दगी कविता मायाको सम्झनामा रातहरू बिताइ रहेका हुन्छन् । प्रेमतृष्णमा सौन्दर्य वर्णन गरिएको छ । बारीको काल्नामा फुलेको पिहुली फूलसँग तुलना गरेका छन् ।
कविले पिहुली फूलसँग तुलना गर्दै गर्दा तपाईंले लजावती फूलसँग तुलना गर्नु भएको होला मैले गोदावारी फूलसँग तुलना गरेको हुँला हेर्नु त प्रेमको लिला एउटासँग तुलना गर्यो अर्कोतिर छुटिरहेको हुन्छ । प्रत्येक मान्छेले प्रेमलाई फरक फरक अनुभूति गरिरहेको हुन्छ । कविताहरूमा झरी , रात बिहान गोधूलिमा प्रेम प्रकट भइरहन्छ चिया र रक्सी पनि पिइरहेका छन् । कविताहरू विशुद्ध प्रेममा आधारित छ । प्रेममा उमेर ,जात ,वर्ग ,धर्म र सौन्दर्य हुन्न मात्र प्रेम हुन्छ । कविताहरूमा कुनै यौन कुण्ठा स्वार्थहरूको मिसावट छैन । पुस्तक माया प्रेमको संग्रह भन्दा पनि उपयुक्त होला यति भन्दै गर्दा लिपुलेकबाट देश प्रेमको सन्देश पनि दिएको छ ।
अन्तमा गोधूलिको किनारा पुस्तक केशर महल पुस्तकालय एकेडमी , मदन पुरस्कार गुठी , त्रिभुवन विश्वविद्यालय पुस्तकालय राजधानीका पुस्तकालयहरू सरकारी कलेजहरूमा पढ्न सकिन्छ साथै साब्लाबुङ पुस्तकालय अभियानबाट स्थापना गरिएको विभिन्न जिल्लाका २२ वटा पुस्तकालयहरूमा पढ्न सकिन्छ, मुगु ,स्याङ्जा फेदीखोला , काभ्रे देविटार , मंगलटार , सोलु , गोरखा , चितवन , भोजपुर , संखुवासभा आदि कवि डोम राना साब्लाबुङ पुस्तकालय अभियानका केन्द्रीय उपाध्यक्ष समेत हुन्।
एक्सप्रेस
सम्बन्धित खबर
'कविता एन्ड द कप'मा कविहरू !
मिडियाबाजी डटकम काठमाडौँ ।
• बागबजारको युनिटी फुड एन्ड क्याफेमा 'Kavita & the Cup' को तेस्रो शृङ्खला सम्पन्न भयो ।
•यस शृङ्खलामा कविता वाचन ,टिप्पणी र विमर्शको अनौपचारिक आयोजना प्रसिद्ध कवि,आख्यानकार र सम्पाद...
प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे। ...
तृषित मन' हाइकु / सेन्युसङ्ग्रहको लोकार्पण
काठमाडौँ। कविताको लघुतम रूप हाइकु र सेन्यु नेपाली साहित्यमा निकै लोकप्रिय देखिन्छ। हाइकु र सेन्युको सङ्क्षिप्तता र गुणवेत्ताका प्रभावले नेपाली साहित्यमा सयौँ हाइकुकार र केही सेन्युकारहरू देखा परिरहेका छन् ।यसै क्रममा काठमाडौँका ६६ वर्षीय प्रदीप के...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।



