सोमबार, ११ साउन २०८३
नेपाली

सम्झौता नभए फेरि बमबारी सुरु गर्ने ट्रम्पको चेतावनी

Main News Image

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो बुधबारसम्म शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने सहमति नभए इरानसँगको युद्धविराम अन्त्य हुन सक्ने चेतावनी दिएका छन् । एरिजोनाबाट वासिङटन फर्किने क्रममा एयर फोर्स वानमा पत्रकारसँग कुरा गर्दै उनले भने, हुनसक्छ, म युद्धविरामलाई निरन्तरता दिने छैन । तर, इरानी बन्दरगाहमाथिको नाकाबन्दी जारी रहनेछ । यदि, सम्झौता नभए हामीले दुर्भाग्यवश फेरि बमबारी सुरु गर्नुपर्नेछ ।

ट्रम्पको उक्त भनाइलाई इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबफले अस्वीकार गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले ट्रम्पमाथि एकै घण्टामा ‘सात झुटो दाबी’ गरेको आरोप लगाएका छन् । ट्रम्पले इरान अनिश्चितकालका लागि युद्ध रोक्न र सम्वर्धित युरेनियम बुझाउन सहमत भएको दाबी गरेका थिए, जसलाई इरानले आधिकारिक रूपमा खण्डन गरेको छ ।


mediabaaji add

सम्बन्धित खबर

माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘

काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...

इतिहासकै सबैभन्दा ठूलो समुद्री संकटको खतरा, बब अल-मन्डेब बन्द गर्ने चेतावनी

काठमाडौँ । इरान र अमेरिका इजरायल बीचको जारी युद्ध यस्तो बिन्दुमा पुगेको छ जहाँ सम्पूर्ण विश्व अर्थतन्त्र खतरामा परेको छ । खाडी क्षेत्रमा हर्मुज स्ट्रेट पहिले नै बन्द भइसकेको रिपोर्टहरूको बीचमा यमनका हुथी विद्रोहीहरूले अब बब अलमन्डेब स्ट्रेटलाई बन्...

इरानद्वारा इजरायलमाथि ४०० क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी युद्ध सुरु भएयता इरानले इजरायलमाथि ४०० भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको र तीमध्ये करिब ९२ प्रतिशतलाई आकाशमै निष्क्रिय पारिएको इजरायलले जनाएको छ । दक्षिणी इजरायलका दुई शहरमा इरानी आक्रमणबाट कम्तीमा १७५ जन...

इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास

काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...

अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता अझै सुरु नभएको इरानको दाबी

काठमाण्डौँ । इरानले आफ्नो आणविक कार्यक्रमसहित अमेरिकासँग हुने अन्तिम शान्ति सम्झौता सम्बन्धी औपचारिक वार्ता अझै सुरु नभएको दाबी गरेको छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अन्तिम सम्झौताका लागि...

अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका...